आज बुधबार क्षणभरमै यसरी ध्वस्त हुन सक्थ्यो काठमाण्डु ठूलो भाग -

9:30 PM , 0 Comments






काठमाण्डु, १२ फागुन– पोखराबाट जोमसोमका लागि उठेको तारा एयरको जहाज म्याग्दीमा दुर्घटनामा बुधबार २० जनाको ज्यान गयो । एउटा दुःखद घटना घटेको १२ घण्टा नबित्दै अर्को सम्भावित दुःखद् दुर्घटना टरेको छ । प्रसंग हो, प्रसंग हो, सशस्त्र प्रहरीको हलचोकस्थित मुख्यालयको पेट्रोल पम्पमा भएको आगलागी ।

पेट्रोल भर्ने सर्वसाधारणको लामो लाइन थियो । साँझ करिब साढे ६ बजेतिर पेट्रोल भर्दै गरेको एउटा मोटरसाइकलमा दनदनी आगो लाग्यो । मोटरसाइकल धनीले भागेर बालबाल ज्यान गोजाए । उनको पछाडि भएकाहरुको पनि मोटरसाइकल छाडेर भागाभाग चल्यो । आगो पम्पमै सल्किने खतरा थियो ।
तर, पम्प छेउमै रहेको अग्नी नियन्त्रकको सहायतामा आगो नियन्त्रणमा आयो । यदि आगलागी तत्कालै नियन्त्रणमा नआएको भए धेरै ठूलो क्षति हुन सक्थ्यो । तेलको लाइनमा बसेका प्रत्यक्षदर्शी विराटनगरका जिसस न्यौपानेले भयानक दुर्घटनाबाट जोगिएको बताए ।
‘आगलागी छिट्टै नियन्त्रणमा आयो’, उनले काठमाण्डु टुडेसँग भने, ‘यति नियन्त्रण गर्न ढिला भएको भए धेरै ठूलो र अकल्पनीय दुर्घटना हुन सक्थ्यो ।’ उनले पम्पमा आगो लागेको भए सशस्त्र प्रहरी मुख्यालय खरानी हुने खतरा रहेको बताए । त्यति मात्र होइन, इन्धनले भरिएको पम्पमा आगलागी हुँदा त्यसको असर सिंगो राजधानीमा पर्न सक्थ्यो ।
सशस्त्र प्रहरी बलका प्रवक्ता डिआईजी शैलेन्द्र खनालले मोटरासइकलमा आगलागी भएको र केही मिनेटमै नियन्त्रणमा लिइएको बताए । ‘मोटरसाइकलमा एक्कासि आगो लागेको हो’, उनले भने, ‘अग्नि नियन्त्रकले तत्काल आगो निभाइहाल्यो ।’ आगलागीका कारण मोटरसाइकल भने पूर्ण रुपमा क्षति भएको खनालले बताए ।
 

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: