४ कठ्ठा जग्गा बन्धकमा राखेर मलेशिया पठाउन लागेको छोराको बस दुर्घटनामा मृत्यु -

7:43 PM 0 Comments




दुर्गाप्रसाद भट्टराई/सर्लाही । फागुन १० – गाउँमा बरालिएर हिँडिरहेको छोराले विदेश जाने कुरा गर्दा सर्लाहीको नेत्रगंज–१ की प्रमिलादेवी पासवानले हुँदैन नजा भन्न सक्नु भएन । घरको कमजोर आर्थिक अवस्था अनि त्यो माथि छरछिमेककाहरुले विदेश गएर जोडेको सम्पत्ति देखेकी प्रमिलादेवी त्यही कल्पनामा पुग्नुभयो । ‘मेरो मनले पनि घरमा बस्दा साथीहरुसँग डुलेर हिड्छ, विदेश जाँदा राम्रो हुन्छ जस्तो लाग्यो’ प्रमिलादेवी भन्नुहुन्छ । विदेश जाने अनुमति दिएपनि छोरालाई लाग्ने पैसा दिने क्षमता थिएन प्रमिलादेवीसँग । त्यसैले ६ हजार रुपैयाँ ऋण लिनुभयो र पासपोर्ट बनाएर छोराको विदेश जाने प्रक्रिया पनि सुरु गरिदिनुभयो । पासपोर्ट बनेपछि भेटिएका सिरहाका रसुल शेखले मलेसियामा सामान प्याकिङको काममा झण्डै ३० हजार रुपैयाँ कमाई हुने र काम राम्रो रहेको आश्वासन दिए । तर लागत चाहिँ १ लाख ७ हजार रुपैयाँ भनेका थिए शेखले । पासपोर्ट बनाउनै ऋण खोज्नु परेको प्रमिलादेवीलाई १ लाख ७ हजार रुपैयाँ जोहो गर्न चानचुने कुरा थिएन । खाडीका केहि देश र मलेसियामा काम गर्न जानेहरुलाई निशुल्क पठाउनु पर्ने नियम सरकारले लागु गरेको पत्तो थिएन प्रमिलादेवीलाई । त्यसैले त्यतिबेला सम्पत्तिको नाममा रहेको ४ कठ्ठा जग्गा बन्धकीमा राख्नुको विकल्प देख्नुभएन उहाँले । ‘त्यति बेला त सबै भन्दा राम्रो विकल्प त्यहि नै हो जस्तो लागेको थियो’ प्रमिलादेवीले भन्नुभयो । ४ कठ्ठा जग्गा बन्धकमा राखेपछि प्रमिलादेवीको हातमा १ लाख ५० हजार रुपैयाँ पर्‍यो । पैसा जम्मा भएपछि प्रमिलादेवीलाई छोरो विदेश पठाउन जति हतार थियो त्यो भन्दा बढी हतार थियो एजेण्ट रसुल शेखलेलाई । त्यसैले छोरा लक्ष्मी प्रमिलादेवीसँग विदा भएर त्यही दिन बेलुकाको गाडीमा काठमाडौं हानिनुभयो । छोरा लक्ष्मीले सर्लाहीबाट काठमाडौं हिँडेको ८ दिन पछि फोन गर्दा प्रकृया सबै पुरा भएकाले ५ दिनपछि उड्ने कुरा सुनाउँदा प्रमिलादेवीको खुशीको सीमा थिएन । वेरोजगार छोरो लक्ष्मी रोजगार मात्रै हुँदै थिएनन्, विदेशबाट पठाएको पैसाले घरको अवस्था फेरिन्छ भन्ने सपना पनि थियो प्रमिलादेवीसँग । त्यतिबेला उहाँको मनमा आफनो अवस्था अवका केही महिनामै हुँदा खानेबाट हुने खानेमा पुग्ने भयो भन्ने आशा थियो । छोराले काठमाडौंबाट भोली विहानै घर आइपुग्छु अनि मलेसिया उड्न तीन दिनमै फेरि काठमाडौं फर्कन्छु भनेपछि प्रमिलादेवीले साँझ परेदेखि नै छोरालाई फोनमा कहाँ आइपुग्यौ भनेर सोधिरहनुभएको थियो । छोराले विदेश गएर राम्रो कमाउँला भन्ने सपना देखेर रात बिताएकी प्रमिलले भोली पल्ट बिहान आँखा खुल्ने वित्तिकै छोरालाई फोन गर्नुभयो । तर छोराको फोन लागेन । उहाँले सोच्नुभयो मोवाइलको चार्ज सकियो होला । छोरा आइपुग्छ भनेर कुरेर बसेकी प्रमिलादेवी विहान छोरा आउने बेलामा प्रहरी घरमा आएपछि झसङ्ग हुनुभयो । २०७२ साल वैशाख ८ गते बिहान पुगेका प्रहरीले बाराको निजगढमा भएको बस दुर्घटनामा लक्ष्मीको ज्यान गएको खवर सुनाएपछि उहाँ बेहोस हुनुभयो । ‘तीन महिनासम्म त इन्तिु न चिन्तु जस्तै भइन’ श्रीमान वीश्वे पासवानले गएको वैशाखको कुरा सम्झँदै भन्नुभयो । त्यसपछि सूचना तथा परामर्श केन्द्रले विदेश जाने क्रममा अप्ठ्यारोमा परेकालाई सहयोग गर्छ भन्ने थाहा पाएपछि हरिवनमा रहेको सूचना तथा परामर्श केन्द्रमा पुग्नुभयो प्रमिलादेवी । केन्द्रको सहयोगमा प्रमिलादेवीले छोराको विमा वापतको ६ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति पाउनुभएको छ । ‘प्रक्रिया त्यति सजिलो त भएन तर पनि विदेश जाने प्रक्रिया पुरा गरिसकेकाले विमाको रकम दिलाउन सक्यौं’ सूचना तथा परामर्श केन्द्रका परामर्शकर्ता लालकिशोर भण्डारीले भन्नुभयो । विमावापत पाएको पैसाले प्रमिलादेवीले बन्धक राखेको जग्गा उकास्नुभएको छ । छोरा गुमाएको पीडा अझै पनि नभुलेकी प्रमिलादेवी भन्नुहुन्छ ‘वितेको समय फर्केर आउँदैन मलाई त दैवले नै ठग्यो 

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: