प्रधानमन्त्रीको चीन भ्रमणमा हुने महत्वपूर्ण सम्झौताको महासचिव पोखरेल यसरी गरे खुलासा

1:52 AM 0 Comments



दाङ, १४ फागुन ।

नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले निकट भविष्यमै गर्ने चीन भ्रमणका बेला दुई देशबीचमा महत्वपूर्ण सम्झौता हुने बताए ।



चीन भ्रमणका क्रममा पारवहन सम्झौता, वाणिज्य सम्झौता, दीर्घकालीन ऊर्जा सम्झौता र सीमाक्षेत्रमा ‘कनेक्टीभिटी’ बढाउने गरी सम्झौता हुने महासचिव पोखरेलले बताए । दाङको लमहीमा भएको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले छिमेकी देशबीचमा सन्तुलित सम्बन्ध नहुँदा नेपालले समस्या भोग्नुपरेको धारणा राखे ।

प्रधानमन्त्री ओलीको ६ दिने भारत भ्रमण पूर्णरुपमा सफल भएको बताउँदै उनले एमाले नेतृत्वको सरकारले छिमेकी देशबीचको सम्बन्धलाई सन्तुलन राख्ने गरी काम गरिरहेको प्रस्ट पारे । उनले नेपाल आत्मनिर्भर नहुँंदा छिमेकीले हेपाहा प्रवृत्ति देखाएको भन्दै उनले अब आत्मनिर्भरताको बाटोमा मुलुकलाई अघि बढाउन सबै तह र तप्काबाट पहल हुने गरी नीति तथा कार्यक्रम तयार गरिने जानकारी दिए ।

 

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: