काष्ठमाण्डप एयरको विमान दुर्घटना : सबैलाई बचाउन चाहन्थे तर आफै बचेनन् –

3:30 AM 0 Comments

काठमाडौं – नेपालगञ्जबाट जुम्लाका लागी उडेको काष्ठमाण्डप एयरलाइन्सको विमान कालिकोटमा दुर्घटना हुँदा क्याप्टेन र को पाइलटले ज्यान गुमाए । चालक दलका सदस्य सहित ११ यात्रु रहेको विमानमा खरावी आएपछि क्याप्टेन दिनेश न्यौपाने र को–पाइलट सन्तोष रानाले आकस्मिक अवतरणको निर्णय गरेका थिए ।


आकस्मिक अवतरण गर्दा विमानको अघिल्लो भाग तिन टुक्रा हुँदा क्याप्टेन र को–पाइलटले ज्यान गुमाए । जहाजमा सवार अन्य यात्रु घाइते भए र अहिले उद्धारको पर्खाइमा छन् ।क्याप्टेन दिनेश न्यौपाने नेपालगञ्जको धम्बुजे बस्दै आएका थिए । त्यस्तै को–पाइलट सन्तोष राना राजधानीको शुकेधारा बस्दै आएका थिए ।

भेरी अञ्चल प्रहरी कार्यालयमा डिएसपी माधव श्रेष्ठका अनुसार विमान आकस्मिक अवतरण गरिएको कालिकोटको तिनखाया गाविस–३ मा प्रहरी पुगिसकेको छ ।

को–पाइलट सन्तोष राना (तस्विर : फेसबुकबाट) [ हामीले रातो पाटि बाट साभार गरेका हौ ]



- See more at: http://www.lightnepal.com/2862#sthash.WbA7krlA.CdGxTmQK.dpuf

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: