तपाई लाइ थाहा छ ? कति रेक्टर भूकम्पको कस्तो असर गर्छ भनेर ? छैन भने पढ्नुहोस -

9:29 PM 0 Comments






गत वैशाख १२ गते नेपालमा ठूलो भूकम्प आयो। ८ हजारभन्दा बढी मानिसहरुले भूकम्पमा ज्यान गुमाए। हजारौं घाइते भए। अहिले पनि भूकम्पका परकम्पहरु आउन भने छाडेका छैनन्। बेलाबेलामा यसले मानिसहरुलाई तर्साइ नै रहेको छ। कति रेक्टरको भूकम्पले कस्तो असर गर्छ ? भन्ने कुरा धेरै लाइ थाहा पनि हुदैन र छैन पनि | भूकम्प भन्ने बित्तिकै नेपालमा अहिले जो कोहि तर्सिने गर्छन , साना ठुला पराकम्पनले पनि मान्छे लाई घर बाट भाग्न बाध्य बनाउछ | अन्तर्राष्ट्रिय समाचार माध्यमका अनुसार कति रेक्टरको भूकम्पले कस्तो असर गर्छ भनेर यहाँ एउटा रिपोर्ट तयार पारिएको छ |


० देखि १ दशमलव ९ – यो सिज्मोग्राफबाट मात्र पत्ता लाग्छ। मनिसहरुले थाहा पाउन सक्तैनन्।

२ देखि २ दशमलव ९ – यसले हल्का कम्पन पैदा गर्छ।

३ देखि ३ दशमलव ९ – ट्रक नजिकबाट गुड्दा हल्लिएको जस्तो भान हुन्छ।

४ देखि ४ दशमलव ९ – वालमा राखेको फ्रेमहरु झर्न सक्छ।

५ देखि ५ दशमलव ९ – घरका रहेका फर्निचरहरु हल्लिन थाल्छ।

६ देखि ६ दशमलव ९ – घरहरु हल्लिन थाल्छ कमजोर र पूराना घर भत्कन थाल्छ।

७ देखि ७ दशमलव ९- घर भत्किन्छ। जमीनमुनी रहेका पाइपहरु भाँचिन थाल्छ।

८ देखि ८ दशमलव ९ -घर पुल भत्कन्छ। समुन्द्र भएको स्थानहरुमा सुनामीको खतरा हुन्छ।

९ भन्दा माथि जमिनमा उभिए लडिन्छ। समुन्द्र भएको स्थानमा त सुनामी नै आउँछ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुको सहयोगमा

- See more at: http://www.lightnepal.com/2712#sthash.dfMUSAln.w6AIIvta.dpuf

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: