यो हो नविना लामाको जीवनकै गोप्य कुरा, जो धेरैलाई थाहा छैन –

7:53 PM , 0 Comments






काठमाडौं, । धेरैलाई थाहा नहुन सक्छ, तपाई हामीले चिने/जानेको नविना लामा नायिका पनि हुन भन्ने कुरा । बालापनमा उनी अभिनेत्री बन्न चाहन्थिन/त्यस्तै सपना देख्थिन । नेकपा एमाले सम्बद्ध बिद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियनको २२ औ महाधिवेशनबाट अध्यक्षमा निवार्चित भएकी नबिना लामा फिल्मकी नायिका पनि हुन् । उनले ‘म्हेन्दोला माया’ नामक तामाङ चलचित्रमा १२ वर्ष अगाडि नै अभिनय गरेकी थिईन । त्यो पनि शीर्ष भूमिकामा । उक्त चलचित्रमा नविनालाई नायिकाको रुपमा देख्न सकिन्छ । यसबाहेक पनि केहि भिडियोहरुमा समेत उनले अभिनय गरेकी छिन । अध्यक्षमा निर्वाचित भएसँगै दैनिक नेपाल डटकमसँग कुराकानी गर्दै उनले भनिन् ‘बाल्यकालमा चलचित्र क्षेत्र सोखको विषय थियो ।’ काभ्रे जिल्लाकी नविनाले सोही जिल्लाका दिपक गौतमलाई हराउदै अध्यक्ष पदमा बाजी मारेकी हुन । अखिलको अध्यक्ष बनेसँगै आफूसँग यसलाई अगाडि बढाउन चारवटा योजना रहेको सुनाइन । ‘तीन महिनासम्म संगठन विस्तार र सृदृढीकरण, तीन महिना प्रशिक्षण र विचारको बहस, रचनात्मक र दबाब अभियान र चौथोमा आर्थिक उपार्जनको अभियानलाई व्यवस्थित ढंगले अगाडि बढाई गुटबन्दीको अन्त्य, समावेशी, सामानुपातिक प्रतिनिधित्वको ग्यारेन्टी हुनेछ । ३३ प्रतिशत आरक्षणलाई वढाएर ५० प्रतिशत पु¥याउने योजना हो ।’ जसरी युवा संघमा गुटबन्दीको अन्त्य भएको छ,उसैगरी अखिलमा समेत गुटबन्दी र विवादलाई अन्त्य गर्दै एकढिक्का भएर अगाडि वढ्ने आफ्नो योजना रहेको उनले सुनाइन । –
 

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: