मान्छे लाइ ठग्दै विदेश पठाउने म्यानपावर लाइ अब सर्बेन्द्र खनाल ले न छोड्ने – सुरु भयो आज बाट अप्रेसन

9:08 PM 0 Comments

काठमाडौं, १२ फागुन – महानगरीय अपराध महाशाखाका प्रमुख तथा एसएसपी सर्वेन्द्र खनालले राजधानीका म्यानपावर कम्पनीहरुमाथि अप्रेसन चलाएका छन्।


वैदेशिक रोजगारका नाममा मानव बेचबिखन र ठगी बढ्दै गएपछि उपत्यकाका म्यानपावर कम्पनीहरुमाथि आज एकै साथ छापा मारेको एसएसपी खनालले जानकारी दिए।

उनका अनुसार बानेश्वर, लाजिम्पाट, बसुन्धरा र पाटन क्षेत्रका म्यानपावरहरुमा एकै साथ अहिले छापा मार्ने काम भइरहेको छ।

ठगीका उजुरी दिन प्रतिदिन बढ्दै गएको, विदेश पठाएर कामदारलाई अलपत्र पारेको, वर्षौदेखि कामदारको पार्सपोर्ट लिएर होल्डमा राखेको उजुरी आएपछि म्यानपावरहरुमाथि छापा मारेको खनालले बताए।’ वैदेशिक रोजगारका नाममा सहनै नसकिने घटना हुन थाले, ठगी पनि झन झन् बढ्दै गयो’ खनालले भने ’मानवीय संवेदना नभएका र मानव बेचविखनसमेत रोजगारका नाममा बढेपछि हामीले छापा मारेका हौं।’ उनले वैदेशिक रोेजगारका नाममा ठगी गर्नेलाई नछाड्ने बताए।

महाशाखाले अहिले वैदेशिक रोजगारीका समस्या सुन्न पिल्लर नम्बर ९ समेत खडा गरी ११७७ हटलाइन  

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: