अमिताभ बचनको मृत्यु बारे एक रोचक तथ्य (भिडियोसहित)

2:47 AM , 0 Comments

‘बलिउडका मेगा स्टार अमिताभ बच्चन रहेनन् । उनको आत्माको शान्तिको लागि प्रार्थना गर्नुहोस् ।’ बिहीबार यही मेसेज सामाजिक सञ्जाल ह्वाट्सएप र ट्विटरमा भारतीय प्रयोगकर्ताबीच व्यापक आदानप्रदान भयो । यसको आसय थियो, बलिउड अभिनेता अमिताभ बच्चन अब रहेनन् । तर, यो हल्ला मात्र भएको पुष्टि हुन धेरै लामो समय लागेन । त्यसो त केही दिनअघि बिरामी भएपछि अमिताभ बच्चन अस्पताल भर्ना भएका थिए । यसले पनि यो सन्देशलाई विश्वास गर्ने आधार मिल्यो । भारतीय मिडिया टाइम्स अफ इन्डियाको वेबसाइटमा आएको समाचारअनुसार यो अफवाहले अमिताभका प्रशंसकलाई हैरान बनायो । र, अन्तत: अमिताभका प्रवक्ताले एउटा विज्ञप्ति निकालेरै यो झूटो भएको प्रस्टीकरण दिए । त्यसो त अमिताभको मृत्युको हल्ला चलेको यो पहिलोपटक पनि होइन र यस्तो हल्लाको सिकार भएका उनी मात्र पनि होइनन् । यसअघि दिलीप कुमार, हनी सिंह, गुल पनाग, लता मंगेशकरलाई लिएर पनि यस्ता हल्ला चलेका थिए । त्यस्तै, रेहाना, ब्रिट्नी स्पियर्स, जोनी डेपलगायतका सेलेब्रिटी पनि यस्तो हल्लाका सिकार भएका छन् ।आजको नयाँ पत्रिका दैनिकबाट | भिडियो हेर्न यहाँ तल जानुहोस => 

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: