अख्तियार ले पनि कारवाही गर्न नसक्ने यी ब्याकी आखिर को हुन् ? -

2:51 AM 0 Comments








काठमाण्डौं १४ फागुन । मुलुकमा एकजना यस्ता जब्बर व्यक्ति छन्, जो मुलुकको इन्धन आयात, बिक्री–वितरणको ठेक्का लिएर बसेका छन् । ती व्यक्ति हुन् – नेपाल आयल निगमका प्रवन्ध निर्देशक गोपालबहादुर खड्का । भारतको नाकाबन्दी खलेपछि सहज रुपमा इन्धन आयात भइरहेको छ । तर, खड्का र उनको मातहतमा रहेको टोलीले मुलुकको कुनै पनि निकायलाई ‘टेर पुच्छर’ लगायका छैनन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारवाहीको दायरमा ल्याएको छ ।
आपूर्ति मन्त्री गणेशमान पुनसमेत खड्काको काम कारवाहीप्रति सन्तुष्ट छैनन् । अख्तियारले पटक–पटक इन्धन आयात, बिक्री–वितरण सहज बनाउन निर्देशन दिएको छ । मोटो फाइल बोकेर खड्का र उनको मातहतको टोली अख्तियार पुग्छ, कालो चिया पिउँछ, सामान्य बयान दिन्छ र फर्कन्छ । तर बजारको हालत फेरि पनि उस्तै नै रहन्छ ।
आपूर्ति मन्त्री पुन सिंहदरबारमा पत्रकार सम्मेलन गर्छन् र भन्छन् – एकाध दिनमा इन्धन वितरण सहज हुन्छ । तर अवस्था जस्ताको तस्तै रहन्छ ।खड्काले सेटिङ गरेको कालोबजारी संयन्त्रका कारण बजारमा इन्धनको अभाव उस्तै रहेको तथ्य सार्वजनिक भइरहेको छ । तर, अख्तियारसमेत खड्कालाई कारवाही गर्न सक्दैन । आपूर्ति सचिवको नेतृत्वमा रहेको निगम सञ्चालक समितिले समेत खड्कालाई कुनै कारवाही गर्न सक्दैन । अवस्था जस्ताको तस्तै रहेको छ ।
हाल विरगन्ज नाकाबाट दैनिक २० लाख लिटर इन्धन आयात भइरहेको छ । सामान्य अवस्थामा सो नाकाबाट २६ लाख लिटर इन्धन आयात हुनुपर्छ । कूल मागको ७० प्रतिशत मात्रै इन्धन आयात भइरहेको बताएर निगम र त्यसका प्रमुख खड्काले कालोबजारीलाई संस्थागत गरेका छन् । तर कारवाही गर्ने निकाय ‘तंै चुप मैं’ चुपको अवस्थामा रहनुले मुलुकमा कानुनी शासन र कानुनी राज्य अन्त्य भएको सहजै अनुमान गर्न सकिन्छ ।
यही फागुन ९ गते पनि अख्तियारमा खड्का र उनको मातहतको टोली बयानका लागि पुगेको थियो । तर, सदाजस्तै सो टोलीले यस्तै जवाफ दियो र फर्कियो, दुई दिन भित्र बजार सुधार गर्छु भन्ने प्रतिवद्धता व्यक्त गरेर । तर पनि हालसम्म अवस्था उस्तै छ ।अन्तर्राष्ट्रिय बजारअनुसार हाल इन्धनको मूल्य उल्लेख्य मात्रामा घट्नुपर्ने थियो , तर भारततिर नै इन्धन जान्छ भनेर निगमले मूल्य घटाउन मानेको छैन ।
कूल रु ३६ अर्ब ऋणमा रहेको निगमले तिर्न बाँकी रु १२ अर्ब मात्रै छ । सो रकम पनि सरकारसँग लिएको रकम हो । हालसम्म उपभोक्ता ठगेको रकम मात्रै हिसाब गर्ने हो भने आज निगम पूर्ण रुपमा नाफामा छ । तर निगम प्रमुख खड्का निगम अझै पनि घाटामा रहेको भन्दै निगमका कर्मचारीलाई बोनस बाँड्ने तयारीमा रहेका छन् ।
निगमको केन्द्रीय कार्यालय बबरमहलमा बसेर आपूर्ति मन्त्री गणेशमान पुनलाई गाली गर्दै, उनको खिसी ट्यूरी गर्दै बस्नु उनको दैनिकी बनेको छ । कालोबजारीलाई संस्थागत गर्न खड्काले होटल हिमालयमा स्वीट रुम नै भाडामा लिएका छन् । कालोबजारका मतियारलाई सोही होटलमा बोलाएर उनले धन्दा चलाउने गरेको स्रोतको दाबी छ ।
तर, आपूर्ति मन्त्री पुन खड्कालाई कुनै कारवाही गर्ने हिम्मत राख्दैनन्, बरु देखेको नदेख्यै गर्छन् भन्छन् – आयात नै कम छ ।‘अख्तिायर पनि दुई दिनभित्र यसो गनू भनेर निर्देशन दिन्छ र २० दिन जति कानमा तेल हालेर बस्छ,’ इन्धनको हैरानी व्योहोरेका बालाजुका एक उपभोक्ता गुनासो गर्छन् ।
थानकोट डिपोमा इन्धन राख्ने ठाँउ छैन, पेट्रोल पम्पले इन्धन पाएका छैनन् । तर खड्का र मातहतका अधिकारी सहज आपूर्ति नभएको गनगन गर्नमा व्यस्त छन् । स्रोतकाअनुसार, पम्पलाई सामान्यतया ८ हजार लिटर दिइएको इन्धनमा ५ हजार मात्रै बेच्ने र अरु कालोबजारी गर्ने गरिएको छ । कालोबजारीबाट प्राप्त हुने रकम सोझै खड्काको खातामा जाने गरेको छ । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।

- See more at: http://www.lightnepal.com/2798#sthash.avbY4ieu.JCGYSUV0.dpuf

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: