यसरी गठनभयो बैतडीमा नयाँ शक्तिको ४३ सदस्यीय अन्तिरिम जिल्ला परिषद् -

3:05 AM 0 Comments



डा. बाबुराम भट्टराईको नेतृत्वमा गठन भएको नयाँ शक्ति नेपालले बैतडीमा अन्तरिम जिल्ला परिषद् गठन गरेको छ । गोठालापानीको जगन्नाथ बहुमुखी क्याम्पसमा सम्पन्न भेलाले कृष्णप्रसाद बडूको संयोजकत्वमा ४३ सदस्यीय अन्तिरिम जिल्ला परिषद् घोषणा गरेको हो ।



नयाँ शक्ति नेपालका अन्तरिम केन्द्रीय सचिवालय सदस्य एवम् प्रदेश नं ७ का संयोजक लीला भण्डारीको प्रमुख आतिथ्य तथा अन्तरिम केन्द्रीय सचिवालय सदस्य कविता तिमल्सिना, युवा सङ्गठनका ७ नं प्रदेश संयोजक राजेन्द्र भण्डारीलगायतको सहभागिता रहेको भेलाले सहसंयोजकमा रामसिंह भण्डारीलाई चयन गरेको छ ।

भेलाले धीरेन्द्रबहादुर बमको संयोजकत्वमा २५ सदस्यीय जिल्ला युवा सङ्गठन गठन गरेको छ । सहसंयोजकमा प्रेमसिंह भण्डारी रहेका छन् । क्षेत्रीय संयोजकमा क्षेत्र नं १ मा देवदत्त पन्त, क्षेत्र नं २ मा रामसिंह भण्डारीलाई चयन गरेको जिल्ला संयोजक बडूले जानकारी दिए ।

भेलाले विभिन्न जनवर्गीय सङ्गठन पनि विस्तार गरेको छ । शिक्षक सङ्गठनमा मदनबहादुर चन्द, किसानमा बुद्धिबल्लभ धानुक, दलितमा धनीराम ओड, महिलामा गङ्गा ठगुन्ना, स्वास्थ्य विभागमा प्रकाश मडै र विद्यार्थीमा मदनबहादुर विष्टलाई संयोजकको जिम्मा दिइएको छ ।

- See more at: http://www.lightnepal.com/2802#sthash.0ZlaP6gi.o9VZ29GU.dpuf

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: