पति दुई वर्षदेखि विदेशमा, अवैध गर्भ बोकेकी महिलाको सुत्केरीका क्रममा मृत्यु -

3:11 AM 0 Comments






इलाम, फागुन १४ । अवैध सम्बन्धबाट गर्भधारण गरेकी इलाम चुलाचुलीकी एक युवतीको असुरक्षित सुत्केरी गराएका कारण बुधबार राति ज्यान गएको छ ।
चुलाचुली–२ निवासी २२ वर्षीया कविता खत्रीको सुत्केरी अवस्थामै ज्यान गएको हो ।
वैदेशिक रोजगारका क्रममा श्रीमान् उत्तम खत्री दुई वर्षअघि विदेश गएपछि उनले अवैध गर्भधारण गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।
साँझ सुत्केरी बेथाले च्यापेपछि ७ बजे घरमै बच्चा जन्मिएको थियो । बच्चा जन्मिनेबित्तिकै अत्यधिक रक्तस्राव भएपछि उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक रूद्र चुडालले जानकारी दिए ।
बच्चा जन्मिनेबित्तिकै आमाको मृत्यु भएपछि बच्चाको बिचल्ली भएको छ । बच्चाको स्वास्थ्य अवस्था भने सामान्य नै रहेको परिवारले जनाएको छ । मृतकको शव परीक्षणका लागि उर्लाबारीस्थित प्राथमिक स्वास्थ्य केन्द्र लगिएको र घटनाको अनुसन्धान सुरु गरेको प्रनि चुडालले बताए । (रासस)

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: