महिलालाई यौन दुव्र्यबहार गरेका न्यायाधिस हात जोडेर माफी मागेपछि छुटे -
मिडिया एनपी, महोत्तरी, फागुन १० । महोत्तरीको सहकारीमा कार्यरत एक महिलालाई यौन दुव्र्यबहार गरेको अभियोगमा पक्राउ परेका जिल्ला न्यायाधीश पूर्णप्रसाद बास्तोला छुटेका छन् । बास्तोलाले पीडित महिला र स्थानीय बासिन्दासँग हात जोडेर माफी मागेपछि छोडीएको स्थानीयले बताएका छन् । यद्यपी घटनाका बारेमा अहिलेसम्म प्रहरीले केह िबताएको छैन । पीडित महिला र स्थानीय बासिन्दासँग हात जोडेर माफी मागेका हुन् ।
वास्तोलाले हिजो बर्दिबासमा रहेको शिश महल होटलमा खाजा खान गएको बेला महिलालाई अभद्र व्यवहार गरेपछि उनी विबादमा तानीएका थिए । बचत तथा ऋण सहकारीको किस्ता उठाउन होटलको काउण्टरमा गएको बेला न्यायाधीश बास्तोलाले आफूलाई ‘काली रमाइलो गरौं’ भन्दै अभद्र व्यवहार गरेर गुहारमागे पछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । बास्तोलालाई प्रहरीले उनी चढेर गएको कार सहित पक्राउ गरेको थियो ।
puf
0 comments: