भुवनप्रसाद बने काँग्रेस गुल्मीको नयाँ सभापति
मिडिया एनपी, गुल्मी, १० फागुन । नेपाली काँग्रेसको गुल्मी जिल्ला सभापतिमा भुवनप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् । हिजो आएको परिणाम अनुसार श्रेष्ठ सभापतिमा चयन भएको निर्वाचन अधिकृत हरि ज्ञवालीले जानकारी दिए ।
ज्ञवालीका अनुसार सचिवमा खिलध्वज पन्थी र कोषाध्यक्षमा हरिबहादुर खत्री विजयी भएका छन् । त्यस्तै जनजातिबाट गोपालप्रसाद श्रेष्ठ, दलितबाट पूर्णबहादुर सार्की, महिलाबाट करुणा खरेल र सीता वलाल जिल्ला सदस्य निर्वाचित भएका छन् ।
0 comments: