अनावश्यक कुकुर उत्पादन भएको भन्दै सार्वजनिक भयो तीनवर्षीय कुकुर नियन्त्रण योजना
मिडिया एनपी, काठमाडौँ, ११ फागुन । काठमाडौँ महानगरपालिकाले निकट भविष्यमा नै सामुदायिक कुकुरलाई व्यवस्थापन गर्ने जनाएको छ । विभिन्न स्थानमा छाडा रुपमा छाडिएका कुकुरको व्यवस्थापन हुन नसक्दा समस्या आउनाका साथै अनावश्यक कुकुर उत्पादन भएकाले नियन्त्रणका लागि अभियान सुरु गर्न लागिएको महानगरपालिका, जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठको भनाई छ ।
अव्यवस्थित रुपमा रहेका कुकुरका कारण मानिसको स्वास्थ्यमा समेत विभिन्न असर परेकाले यसलाई नियन्त्रण गर्न लागिएको श्रेष्ठले बताए । अबको पाँच दिनपछि कुकुरको तथ्याङ्क सङ्कलनसुरु गरिने तयारी रहेको महाशाखाले बताएको छ ।
कुकर नियन्त्रण अभियानमा ‘ह्युमन सोसाइटी’ र महानगरपालिका दुवैको सक्रियता रहने छ । अभियानका लागि झन्डै रु तीन करोड ५० लाख लाग्ने अनुमान गरिएको छ । रेबिज रोग लागेको नलागेको र अन्य रोगको पनि तथ्याङ्क लिने बताइएको छ । महानगरका ३५ वडामा सञ्चालन गर्न लागिएको अभियान तीन वर्षीय योजना अन्तर्गत पर्छ ।

0 comments: