विस्फोटमा परि १४० जनाको ज्यान गयो

12:13 AM 0 Comments



मिडिया एनपी, काठमाडौं, १० फागुन । गृहयुद्धमा फसेको सिरियामा आइतबार गराइएको विस्फोटमा एक सय ४० जनाको मृत्यु भएको छ ।
सिरियाको होम्स र दमास्कसमा भएको छुट्टाछुट्टै विस्फोटमा उक्त हताहती भएको त्यहाँको सरकारी सञ्चारमाध्महरुलाई उद्धृत गर्दै बिबिसिले जनाएको छ ।

सिरियाली सरकारी सञ्चारमाध्यमका अनुसार दमास्कसको दक्षिणी शहर सैय्यदा जैनबमा भएको चार वटा विस्फोटमा ८३ जना मारिएका हुन् । यस्तै सिरियामा युद्धको अनुगमन गरिएको संस्थाका अनुसार दमास्कसमा भन्दा केही समय अघि होम्स शहरमा भएको दुई कार बम विस्फोटमा ५७ जना मारिएका हुन् ।

आफूलाई स्लामिक स्टेट बताउने उग्रवादी संगठनले उक्त दुवै स्थानमा भएको विस्फोटको जिम्मेवारी लिएको छ । उक्त आक्रमणको निशानामा मुस्लिम अल्पसंख्यक समुदाय परेका बिबिसिले उल्लेख गरेको छ ।

यसैबीच अमेरिकी विदेशमन्त्री जोन केरीले सिरियामा चलिरहेको गृहयुद्धको आंशिक बिरामका लागि रुससँग अस्थायी सम्झौता भएको छ । उक्त विस्फोटको बाबजुद जोन केरीले सम्भावित युद्ध बिरामको सकारात्मक सन्देश दिएका हुन् । उनका अनुसार रुसी विदेशमन्त्री सर्गेई लावरोवसँग वार्ता भएको र सो क्रममा सिरियामा युद्ध बिराम गराउन अमेरिका र रुस सहमत भएका छन् । यद्यपी यस विषयमा विस्तृत छलफल गर्ने भने बाँकी रहेको छ ।

सन् २०११ मार्च देखि सिरियामा जारी गृहयुद्धका कारण हाल सम्म तीन लाख भन्दा बढीको मृत्यु भइसकेको छ भने लाखौं विस्थापित भइसकेका छन् ।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: