फोनबाट आयो सलमान खानलाई मार्ने धम्की
एजेन्सी, ११ फागुन । बलिउड अभिनेता सलमान खानलाई मार्ने धम्की आएको छ । उनलाई मार्ने धम्की सिधैं प्रहरी समक्ष आएको हो । प्रहरीलाई फोन गरेर सलमानलाई मार्ने धम्की दिएको समाचार सार्वजनिक भएको छ । प्रहरीले धम्कीपछि घटनाको अनुसन्धान सुरू गरेको प्रहरीले जनाएको छ ।
सलमानलाई मार्ने धम्कीलाई प्रहरीलाई झुुक्याउन गरेको शंका हुन सक्ने अनुमान गरेपनि सुरक्षा सतर्कता अपनाउदै घटनाको आफ्नै तरिकाले जाँच भने गरिरहेको जनाएको छ । फोन गरिएको स्थान पत्ता लगाइसकेको प्रहरीले सलमानको सुरक्षा त्रुटि नहोस भनेर उनको सुरक्षा अवस्थाको पुनरावलोकन गर्ने निर्णय गरेको छ ।
0 comments: