‘पुरुष भन्दा कम छैनन् महिला’
मिडिया एनपी, काठमाडौं, ११ फागुन । मुलुकको पहिलो महिला सभामुख ओनसरी घर्तीले अहिले नेपाली महिलाहरु पनि राष्ट्र निर्माणमा पुरुष जत्तिकै लाग्न सक्ने बताएकी छिन्।
काठमाडौंको डिल्लीबजारस्थित कन्या बहुमुखी क्याम्पसको वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले चुलो–चौकामामात्र सीमित नभएर राष्ट्र निर्माणको यात्रामा लाग्न महिला पनि पुरुषभन्दा कम नभएको बताएकी हुन् ।
लामो संघर्षपछि मुलुकले प्राप्त गरेको नयाँ संविधानले महिलाका सवाललाई सम्बोधन गर्न सफल भएको भन्दै उनले संविधानको कार्यान्वयनपछि उत्पीडित महिलाहरुलाई कसैले थिचोमिचो गर्न नसक्ने दाबी गरिना् ।
महिला अधिकारका लागि संविधानले मार्ग प्रशस्त गरेको भन्दै उनले यसका लागि संविधान कार्यान्वयन गर्न सबै लागि पर्नुपर्नेमा जोड दिइन् ।

0 comments: