सरकारले निर्णय उल्टायो : अब भरी सिलिन्डर ग्याँस बेच्ने -

1:08 AM 0 Comments



मिडिया एनपी, काठमाडौं, १० फागुन । भारतीय नाकाबन्दी पछि चरम अभाव भएसँगै गरेको आधा सिलिन्डर खाना पकाउने एलपी ग्याँस बेच्ने निर्णयलाई उल्टाउँदै सरकारले अब भरी सिलिन्डर नै ग्याँस बेच्ने निर्णय गरेको छ ।

आधा सिलिन्डर ग्याँस बेच्दा उद्योगहरुले ग्याँस भर्न नपाएको गुनासो आइरहेका बेला आपूर्ति मन्त्रालयले अब पूरा तौल १४ दशमलव २ किलो कै ग्यास सिलिन्डर बजारमा बिक्री गर्न दिने निर्णय गरेको हो ।

सोमबार देखि नै ग्याँस उद्योगहरुले सिलिन्डरमा पूरा तौल १४ दशमलव २ किलो कै ग्यास भर्न सुरु गर्ने आपूर्ति मन्त्रालयले जनाएको छ । आयल निगमले पनि ग्याँसको आयात बढेको भन्दै आधा सिलिन्डरबाट फेरि भरि सिलिन्डरमा जान सुझाव दिएसँगै मन्त्रालयले उक्त निर्णय गरेको हो । यस्तै पूरा तौलको सिलिन्डर बजारमा ल्याउन उपभोक्ता देखि उद्योगी तथा व्यवसायीहरुले माग गरिरहेका थिए ।

यसैगरी आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयल निगमलाई ग्याँस सहित पेट्रोलियम पदार्थको सहज रुपमा वितरण गर्न निर्देशन दिएको थियो

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: