यौनइच्छा लामो भए हुन्थ्यो
म विवाहित पुरुष हुँ, मलाई यौनइच्छा लामो समय वा पटक–पटक भए हुन्थ्यो जस्तो लाग्छ, तर एकपटकको चरम सन्तुष्टि पछि फेरि इच्छा जगाउन सक्दिनँ । मैले सुनेको थिएँ, महिलामा भने एक वा दुई पटकसम्म पनि चरम सन्तुष्टि हुन्छ । के यो सही हो ? के यस्तो समस्याको कुनै हल छ ?
यस्तो जिज्ञासा तपार्इंलाई मात्र होइन, अरूहरूलाई पनि हुन्छ । १९६६ को प्रख्यात पुस्तक ‘ह्युमन सेक्सुअल रेस्पोन्स’ मा उल्लेख भएअनुसार यौनसम्बन्धमा राम्रोसँग समायोजन गरिसकेका महिलाहरूले एकै पटकको यौन क्रियाकलापमा कम्तीमा पनि ३ देखि ४ पटकसम्म चरम आनन्द लिन सक्छन्, तर त्यसो भन्दैमा सबै महिलाले चरम आनन्द लिन
सक्छन् भन्ने हुँदैन । कतिपय महिलालाई दुई–तीन पटक यौन सन्तुष्टि होस् भन्ने चाहना हुन्छ भने कतिपयलाई एकपटक नै पर्याप्त हुन्छ । कतिपय महिलामा चरम सन्तुष्टिमा नपुग्ने समस्या हुन सक्छ भने कतिपय महिलाले जीवनकालभरी नै चरम सन्तुष्टि प्राप्त गर्न नसकेको गुनासो पनि गर्ने गरेका छन् ।
अनुसन्धानहरूअनुसार ४२ प्रतिशत महिलामा कहिलेकाहीं चरम सन्तुष्टिमा पुग्न नसक्ने समस्या हुन्छ र १० प्रतिशत महिलाले आफ्नो जीवनकालभरि एकपटक पनि चरम सन्तुष्टिमा नपुगेको कुरा उल्लेख गरेका छन् । ती महिलाले आफ्नो जीवनकालमा एकपटक पनि चरम सन्तुष्टिमा नपुगेको वा कहिलेकाहीं मात्र चरम सन्तुष्टि लिएको अनुभव गरेका हुन्छन् ।
पुरुषहरूले पनि चरम सन्तुष्टि लिन सक्छन् कि सक्दैनन् भन्ने कुराको चासो धेरैमा छ । एकै पटकको यौन क्रियाकलापमा धेरै पटक यौन सन्तुष्टि नहुनुको पछाडि रिफ्रेक्टरी अवस्था चरम यौन आनन्द हुनेबित्तिकै हुने हुँदा हो । रिफ्रेक्टरी अवस्थाको कुनै निस्चित समय हुँदैन, त्यसैले उक्त अवधिभरि फेरि चरम यौन सन्तुष्टि नहुन सक्छ । बढी उमेरको पुरुषमा भन्दा कम उमेरको पुरुषमा यो अवस्था कम समयका लागि हुन सक्छ । वैज्ञानिकहरूले पनि यस्तो किन हुन्छ भन्ने तर्क गर्दा चरम यौन आनन्दपश्चात् शरीरमा आउने हार्मोन तथा रसायनिक परिवर्तनका कारण भन्ने गरेका छन् । धेरै पटकको चरम यौन सन्तुष्टि भन्दैमा धेरै पटक वीर्य स्खलन हुनुपर्छ भन्नेचाहिँ होइन । चरम यौन सन्तुष्टि र वीर्य स्खलन दुई फरक कुरा हुन् । चरम यौन आनन्द अर्थात् अग्र्याज्म भन्नाले यौनांगमा धेरै पटक आनन्दको अनुभुतिसँगै मांसपेसी खुम्चनु हो, तर वीर्य स्खलन भन्नाले शरीरबाट तरल पदार्थ निस्कनु हो ।
अब अन्य कारण पनि हुन सक्छन् कि त्यसको चर्चा गरांै । जैविक कारणमा जीर्ण रोग जसले नशामा असर गरेको हुन्छ वा कुनै रसायनिक वा औषधिको लामो समयसम्मको प्रयोगले पनि चरम यौन सन्तुष्टि नभएको हुन सक्छ । मनोवैज्ञानिक कारणमा दिक्दारीपन, चिन्ता, यौन रोग, गर्भ रहने डरजस्ता पक्षहरूको भूमिका हुन्छ । सामाजिक कारणमा पार्टनरसँग कम कुराकानी हुने वा हुँदै नहुने, एक–अर्काबीच झगडा भैरहने वा सांस्कृतिक वा धार्मिक विश्वास जसमा यौन इच्छालाई प्रकट गर्न नहुने मान्यता हुन सक्छ । त्यस्तोमा पनि चरम सन्तुष्टिमा पुग्न नसक्ने हुन सक्छ । त्यसकारण यीमध्ये कुन कारण हो त्यसलाई पत्ता लगाउन आवश्यक हुन्छ र जुन कारण हो त्यसअनुसार उपचार गरिनुपर्छ ।
यदि माथि उल्लेखित कुराभन्दा तपार्इंको विषय फरक छ भने मनोविद् वा चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ । किनभने यसो हुनुका पछाडि मनोवैज्ञानिक पक्षहरू पनि लुकेका हुन्छन् ।
यस्तो जिज्ञासा तपार्इंलाई मात्र होइन, अरूहरूलाई पनि हुन्छ । १९६६ को प्रख्यात पुस्तक ‘ह्युमन सेक्सुअल रेस्पोन्स’ मा उल्लेख भएअनुसार यौनसम्बन्धमा राम्रोसँग समायोजन गरिसकेका महिलाहरूले एकै पटकको यौन क्रियाकलापमा कम्तीमा पनि ३ देखि ४ पटकसम्म चरम आनन्द लिन सक्छन्, तर त्यसो भन्दैमा सबै महिलाले चरम आनन्द लिन
सक्छन् भन्ने हुँदैन । कतिपय महिलालाई दुई–तीन पटक यौन सन्तुष्टि होस् भन्ने चाहना हुन्छ भने कतिपयलाई एकपटक नै पर्याप्त हुन्छ । कतिपय महिलामा चरम सन्तुष्टिमा नपुग्ने समस्या हुन सक्छ भने कतिपय महिलाले जीवनकालभरी नै चरम सन्तुष्टि प्राप्त गर्न नसकेको गुनासो पनि गर्ने गरेका छन् ।अनुसन्धानहरूअनुसार ४२ प्रतिशत महिलामा कहिलेकाहीं चरम सन्तुष्टिमा पुग्न नसक्ने समस्या हुन्छ र १० प्रतिशत महिलाले आफ्नो जीवनकालभरि एकपटक पनि चरम सन्तुष्टिमा नपुगेको कुरा उल्लेख गरेका छन् । ती महिलाले आफ्नो जीवनकालमा एकपटक पनि चरम सन्तुष्टिमा नपुगेको वा कहिलेकाहीं मात्र चरम सन्तुष्टि लिएको अनुभव गरेका हुन्छन् ।
पुरुषहरूले पनि चरम सन्तुष्टि लिन सक्छन् कि सक्दैनन् भन्ने कुराको चासो धेरैमा छ । एकै पटकको यौन क्रियाकलापमा धेरै पटक यौन सन्तुष्टि नहुनुको पछाडि रिफ्रेक्टरी अवस्था चरम यौन आनन्द हुनेबित्तिकै हुने हुँदा हो । रिफ्रेक्टरी अवस्थाको कुनै निस्चित समय हुँदैन, त्यसैले उक्त अवधिभरि फेरि चरम यौन सन्तुष्टि नहुन सक्छ । बढी उमेरको पुरुषमा भन्दा कम उमेरको पुरुषमा यो अवस्था कम समयका लागि हुन सक्छ । वैज्ञानिकहरूले पनि यस्तो किन हुन्छ भन्ने तर्क गर्दा चरम यौन आनन्दपश्चात् शरीरमा आउने हार्मोन तथा रसायनिक परिवर्तनका कारण भन्ने गरेका छन् । धेरै पटकको चरम यौन सन्तुष्टि भन्दैमा धेरै पटक वीर्य स्खलन हुनुपर्छ भन्नेचाहिँ होइन । चरम यौन सन्तुष्टि र वीर्य स्खलन दुई फरक कुरा हुन् । चरम यौन आनन्द अर्थात् अग्र्याज्म भन्नाले यौनांगमा धेरै पटक आनन्दको अनुभुतिसँगै मांसपेसी खुम्चनु हो, तर वीर्य स्खलन भन्नाले शरीरबाट तरल पदार्थ निस्कनु हो ।
अब अन्य कारण पनि हुन सक्छन् कि त्यसको चर्चा गरांै । जैविक कारणमा जीर्ण रोग जसले नशामा असर गरेको हुन्छ वा कुनै रसायनिक वा औषधिको लामो समयसम्मको प्रयोगले पनि चरम यौन सन्तुष्टि नभएको हुन सक्छ । मनोवैज्ञानिक कारणमा दिक्दारीपन, चिन्ता, यौन रोग, गर्भ रहने डरजस्ता पक्षहरूको भूमिका हुन्छ । सामाजिक कारणमा पार्टनरसँग कम कुराकानी हुने वा हुँदै नहुने, एक–अर्काबीच झगडा भैरहने वा सांस्कृतिक वा धार्मिक विश्वास जसमा यौन इच्छालाई प्रकट गर्न नहुने मान्यता हुन सक्छ । त्यस्तोमा पनि चरम सन्तुष्टिमा पुग्न नसक्ने हुन सक्छ । त्यसकारण यीमध्ये कुन कारण हो त्यसलाई पत्ता लगाउन आवश्यक हुन्छ र जुन कारण हो त्यसअनुसार उपचार गरिनुपर्छ ।
यदि माथि उल्लेखित कुराभन्दा तपार्इंको विषय फरक छ भने मनोविद् वा चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ । किनभने यसो हुनुका पछाडि मनोवैज्ञानिक पक्षहरू पनि लुकेका हुन्छन् ।
भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
.png)

0 comments: