दिल्लीस्थित नेपाली दूतावास घेराउमा, दुई देशबीचको सम्बन्ध अहिले सम्मकै कमजोर

12:18 AM 0 Comments



मिडिया एनपी, काठमाडौं, १० फागुन । भारतीय नेता तथा बुद्धिजीविहरुले नेपाल–भारतबीचको सम्बन्ध अहिलेसम्मकै कमजोर भएको बताएका छन् ।

भारतको नयाँदिल्लीस्थित गान्घी प्रतिष्ठानमा भारत–नेपाल मैत्री संघले गरेको ‘नेपालमा चलिरहेको आन्दोलनमा भारतको भूमिका’ विषयक कार्यक्रममा उनीहरुले नेपाल र भारत सरकारको गलत रवैयाका कारण दुई देशबीचको सम्बन्ध अहिलेसम्मकै सबैभन्दा कमजोर भएको दावी गरेका हुन् ।

दिल्ली र काठमाडौंका अदूरदर्शी नीतिका कारण नेपाल–भारतको सम्बन्ध प्रगाढ हुन नसकेको भन्दै उनीहरुले नेपालमा भइरहेको मधेस आन्दोलनको समयमा सम्बोधन नभएका कारण सीमामा तनाव उत्पन्न भएको निष्कर्ष पनि निकालेका छन् ।

नेपालप्रति भारत सरकारको भुमिका रचनात्मक नभएकाले मधेसको माग सम्बोधन हुन नसकेको उनीहरुको भनाइ छ । कार्यक्रममा बिहार र उत्तरप्रदेशका सांसद, विधायक, नेपालका जानकार बुद्धिजिवी तथा सञ्चारकर्मीहरुले उक्त धारणा राखेका हुन् । साथै मधेशको माग पूरा गराउन भन्दै सोमबार भारतीय नेताहरुले दिल्लीस्थित नेपाली दूतावास घेराउ गरेका छन् ।

- See more at: http://medianp.com/2016/02/80388.html#sthash.joSuVsFE.dpuf

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: