कति सम्म लिने चन्दा ? अनि भावी योजना के हो ? सबै सार्वजनिक गरे बाबुरामले (भिडियो सहित)

9:14 AM , 0 Comments



मिडिया एनपी, काठमाडौं, १८ फागुन । एकीकृत माओवादी त्यागेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति नेपालले आफूले लिने चन्दाको अधिकतम् रकम देखि भावी योजना सहित विभागीय प्रमुख हेरफेर गरेको छ ।

यही फागुन ६ देखि ११ गतेसम्म चलेको नयाँ शक्तिको सचिवालयको बैठकको निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा व्यक्तिगत र संस्थागत रुपमा लिने चन्दाको अधिकतम् रकम तोक्दै बैंक मार्फत लिने जानकारी दिइएको हो ।

विना शर्त एक आर्थिक वर्षमा व्यक्तिबाट ५० हजार र संस्थागत रुपमा २० लाख रुपैयाँ भन्दा बढी चन्दा नलिने बैठकले निर्णय गरेको छ । यस्तै बैंक मार्फत लिइने र चन्दादाताको नाम र रकम वेबसाइटमा पनि राखिने बताइएको छ । यद्यपी चन्दादाताले वेबसाइटमा राख्न नमाने आन्तरिक पुस्तिकामा राखिने छ । दश हजार भन्दा माथिको चन्दा बैंक चेकबाट मात्र लिइने उसले स्पष्ट पारेको छ ।

यसअघिको विभागीय संयोजकहरुमा हेरफेर गर्दै बैठकले सामाजिक अभियान परिचालन विभागको जिम्मेवारी ध्रुव पराजुलीलाई दिइएको छ भने संघीय मामला तथा स्थानीय विकास विभागको संयोजकमा पासाङ शेर्पा,दलित तथा अल्पसंख्यक समुदाय विभागको संयोजकमा महेन्द्र पासवान, कृषि तथा भूमिमामला विभागको जिम्मेवारी नाथुप्रसाद चौधरीलाई दिइएको पत्रकार सम्मेलनमा डा. भट्टराईले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्तै सुकुम्बासी व्यवस्थापन तथा सामाजिक सुरक्षा विभागमा सुशीला सिरपाईलीलाई संयोजकको जिम्मेवारी दिइएको छ ।

सामाजिक अभियान सुरु गर्ने निर्णय गरेको बैठकले यसका लागि आगामी दुई महिनाका लागि ‘हरियो काठमाडौं, सफा काठमाडौं’, ‘भ्रष्टाचार विरुद्ध हेल्प डेक्स स्थापना’, ‘नेपाली उत्पादनको प्रयोगलाई प्राथमिकता दिने अभियान’, ‘राष्ट्रिय र सामाजिक एकताका लागि सद्भाव अभियान’ र महिला विरुद्धको हिंसामा शून्य सहनशीलता अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

साथै पत्रकार सम्मेलनमा नयाँ शक्ति नेपालका संयोजक डा. भट्टराईले आफूहरुले आर्थिक पारदर्शिता अपनाउँदै सुशासन कायम, भ्रष्टाचार अन्त्य लगायतका क्षेत्रमा विशेष प्राथमिकता दिएर काम गर्ने बताए । एकीकृत माओवादीले पछिल्लो समय भट्टराईको नाम लिएर गरिरहेका टिप्पणी प्रति डा. भट्टराईले भने, ‘फलेको रुखमा फल खान झटारो हानिन्छ तर रुखले झटारो हान्दैन ।’
प्रचण्डको डा. भट्टराई माथि गम्भीर आरोप

चार दिने सम्म चलेको बैठकको निर्णयहरुका सम्बन्धमा सार्वजनिक गर्न गरिएको प्रेस विज्ञप्ति हेर्न यहाँ क्लिक गर्नुहोस् ।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: