यी हुन् विश्वका ५ सुन्दर ठाउँ, जहाँ जान मानिसलाई प्रतिबन्ध छ !

9:01 AM , 0 Comments

विश्वमा मानिस जानका लागि प्रतिबन्ध लगाइएका केही स्थानहरु छन् जो प्राकृतिक रुपमा भने अत्यन्त सुन्दर मानिएका छन्। यी सुन्दर ठाउँहरुमा मानिसको आवतजावत किन प्रतिबन्धित गरियो भन्ने धेरैलाई चासो लाग्न सक्छ। यी स्थानहरु र प्रतिबन्ध लगाइका कारणहरुका बारेमा जानौँः

१. स्नेक आइल्याण्ड, ब्राजिलः यो टापुको मूल नाम इल्हा डी क्वीमाडा ग्रेड हो। विश्लेशकहरुका अनुसार यो टापुमा पाइने सर्पले जो जसलाई टोकेको छ उनीहरुको अस्पताल पनि जान नपाइ तुरुन्त मृत्यू भएको छ। यहाँ धेरै जसो गोल्डेन लंसहेड नामको सर्प पाइने र यो सर्पले जहाँ टोकेको छ त्यहाँको मासु पग्लेर झर्ने बताइएको छ।

२. नर्थ सेन्टिनल आइल्याण्ड, हिन्द महासागरः यो खतरनाक टापूमा रहस्यमयी जनजाति बस्ने बताइएको छ। यी जनजातिले आधुनिक सभ्यता अस्विकार गरेको र संसारसँग कुनै सम्पर्क छैन। ६० हजार वर्षदेखि यहाँ बसिरहेका यी जनजातिले हवाइजहाज देखे भने ढुंगाले हान्ने, पर्यटक र केही माझीहरुको हत्या गरेको पनि बताइएको छ। ‘लस्ट ट्राइब’ नाम दिइएका यी जनजातिका कारण नै मानिसहरुलाई यहाँ जान रोक लगाइएको छ।

३. पोवेगलिया, इटालीः स्थानीयका अनुसार यहाँ युद्धमा मारिएका मानिसको भूतहरु बस्छन्। पहिले यो ठाउँमा पागलखाना भएको र सन् १९६८ मा बन्द गरिएको बताइएको छ। भूताहा ठाउँबाट चिनिने यो स्थानमा मानिसहरु जानै डराउने बताइएको छ।

४. लसकक्स केभ्स, फ्रान्सः यो गुफामा वैज्ञानिकहरुलाई मात्र जाने अनुमति छ। आम मानिसको लागि प्रतिबन्धित यो गुफा १७ हजार वर्ष पुरानो भएको र यहाँ ठूला ठूला आकारका जनावरका चित्रहरु छन्।

५. इज ग्र्याण्ड स्राइन, जापानः जापानको यो स्थानलाई यति धेरै पवित्र मानिन्छ कि आम मानिसलाई यहाँ जानक मनाही छ। यहाँ जापानी इम्पेरियल परिवारबाट आउने र विशिष्ट मानिएका भिक्षुहरु मात्र जान पाउँछन्। यो स्थान तेस्रो शताब्दीमा बनेको बताइएको छ।


बिभिन्न अनलाइनहरूबाट साभार

- See more at: http://purbelinews.com/17822#sthash.zIObRc82.dpuf

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: