सुनको मूल्यमा साताभर देखियो उतारचढाव

3:12 AM 0 Comments

काठमाडौं, २२ फागुन - यो सातापनि सुन बाजारमा सामान्य उतारचढाब देखियो।

अघिल्लो हप्ताको शुक्रबार ५६ हजार ५ सय रुपैयाँ प्रतितोला पुगेको सुनको मूल्य यो साताको शुक्रबार पनि उतारचढाब झेल्दै त्यही विन्दुमा नै आइपुग्यो।

साताको पहिलो दिन ५ सय रुपैयाँले घटेको सुन सोमबार भने स्थिर थियो। मंगलबार फेरि सुन तोलामा ५ सय रुपैयाँ महंगिँदा ५६ हजार ५ सय मा नै पुगेको थियो। बुधबार फेरि सुनको मूल्य १ हजार रुपैयाँले घटेर ५५ हजार ५ सयमा आइपुग्यो।

बिहीबार प्रतितोला २ सय रुपैयाँ महंगिएको सुन नाटकीय रुपमा शुक्रबार ८ सय रुपैयाँले बढेर फेरि ५६ हजार ५ सयमा पुग्यो। शनिबार पनि सुन त्यही मूल्यमा खरिदबिक्री भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
अहिले सुन २ वर्ष यताकै महंगो बिन्दुमा छ।

सुनको मूल्यमा लगातर वृद्धि देखिँदा चाँदीको मूल्य भने घट्दो दरमा देखिएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उतारचढाब देखिँदा त्यसको असर नेपाली बजारमा देखिएको महासंघले जनाएको छ।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Anonymous

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: