चीनले तिब्बतको उच्च हिमाली क्षेत्रमा दोस्रो रेलवे लाइन बनाउने -
काठमाडौँ, २२ फागुन - चीनले तिब्बतको ग्रामीण तथा दुर्गम क्षेत्रमा दोस्रो रेल वे लाइन बनाउने भएको छ। चीन सरकारले स्वशासित तिब्बतमा नयाँ रेलवे लाइन बनाउने घोषण आज गरेको हो।
नयाँ बन्ने रेलवेले तिब्बतका ग्रामीण भागलाई राजधानी ल्हासा तथा चीनको शहर चेङदुसँग जोड्ने छ। रेलवे लाइनले समुद्र सतहबाट पाँच हजार मिटर उचाइमा रहेको उच्च पहाडी तथा हिमाली क्षेत्रलाई पनि ल्हासासँग जोड्ने छ।
यसअघि चीनले सन् २००६ मा तिब्बतको उच्च हिमाली क्षेत्र हुँदै ल्हासासम्म रेलवे लाइन बनाएको थियो।
चीनले तयार पारेको नयाँ पञ्चवर्षिय विकास योजनामा तिब्बतमा रेलवे लाइन बनाउने उल्लेख छ।
रेलवे लाइन बनेपछि चेङदुबाट ल्हासा पुग्न १५ घण्टा लाग्ने चिनियाँ सरकारी समाचार संस्था सिनह्वाले जनाएको छ। रेलवे लाइन चाँडो भन्दा चाँडो निर्माण पूरा गर्ने उल्लेख छ। चिनले स्वतन्त्र तिब्बतका लागि हुँदै आएको आन्दोलनको विरोध गर्ने गरेको छ।
पश्चिमा राष्ट्रले चीनले तिब्बती नागरिकको मानवअधिकार हनन गरेको आरोप लगाउने गरेका छन् । नेपाल, भारत तथा म्यानमारसँग सीमा जोडिएको तिब्बतका नयाँ बन्ने रेलवे लाइनले यो क्षेत्रलाई पनि प्रभाव पार्ने छ। एजेन्सी - See more at: http://dcnepal.com/news/news.php?nid=196996#sthash.o06JjlwE.dpuf

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
0 comments: