कांग्रेस महाधिवेशनः एक छाकमा १५ खसी र एक टन माछा र कुखुरा -

11:16 PM 0 Comments

महाधिवेशनमा सहभागी ३१ सय ८२ प्रतिनिधिका लागि एक छाकमा १५ खसी, पाँच सय किलो माछा, पाँच सय किलो कुखुरा, २० क्विन्टल तरकारी, पाँच सय किलो चामल पाक्ने गरेको छ । खानापछिको डेजर्टका लागि नौ हजारवटा रसबरी र ६ सय लिटर दही खपत हुन्छ । खाना खुवाउने जिम्मा दिव्यश्वरी पार्टी प्यालेसले लिएको छ ।



बिहान ७ देखि ९ बजेसम्म नास्ता, उसिनेको अन्डा एउटा, पुरी–तरकारी, जेरी, चिया वा कफीको व्यवस्था छ । नास्ता दैनिक फरक–फरक छ । स्यान्डविज, हलुवा तथा छोलाभटुरा पनि एक–एक दिन राखिने मास्टर सेफ गोपाल सिंहले बताए ।

मध्याह्न १२ देखि २ बजेसम्म र साँझ साढे ६ बजेदेखि ९ बजेसम्म खाना खाना ननभेजः तीन प्रकारको मासु ९खसी, कुखुरा र माछा० छ । दुईथरी भेज तरकारी, दाल, भात, नान रोटी, डेजर्ट र सलाद पनि छ । ‘हलाल’ गरिएको मासु पनि छ ।

खाना भेजः भेज खानाको छुट्टै व्यवस्था छ । माछामासुबाहेक थप दुई भेज तरकारी थपिएको छ । डाइबेटिजका बिरामीका लागि पनि छुट्टै खानाको व्यवस्था छ । डेजर्टः प्रतिव्यक्ति दही र दुई रसबरी रहेको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: