आवाजको गति भन्दा छिटो उड्ने विमान ! (भिडियो सहित)

9:23 AM , 0 Comments

मिडिया एनपी, काठमाडौं, १९ फागुन । आवाजको गति भन्दा छिटो उड्ने हवाइजहाज बन्ने भएको छ । नासाले सोमबार सो विमानको सुरुवाती डिजाइन तयार पार्न लकहिड मार्टिन नामक कम्पनीलाई २ करोड डलर दिएको छ ।

सो विमान यात्रुहरुलाई लक्षित गरी ल्याउन लागिएको बताइएको छ । यद्यपी उक्त हवाईजहाजको डिजाईन कुनै सैन्य प्रयोगका लागि नभएको पनि नासाले स्पष्ट पारेको छ ।

हवाई क्षेत्रमा नयाँ आयाम ल्याउन सुरु गरेको नयाँ प्रोजेक्ट ‘एक्स–प्लेन्स’ को यो सुरुवाती चरण भएको नासाको भनाइ छ । आवाजको गतिमा उड्ने जहाजबाट आउने ‘सोनिक बुम’लाई निकै परसम्म पनि सुन्न सकिने हुँदा यसलाई सक्दो कम गर्ने प्रयत्न नासाले गरिरहेको छ । जसलाई नासाले ‘लो बुम’ प्रविधि भनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

नासाका प्रशासक चाल्र्स बोल्डेन रोनाल्ड रेगनका अनुसार नयाँ डिजाइन बनाउनुको उद्देश्य यात्रा समयलाई छोट्याउँदै जहाजलाई अझ बढी सुरक्षित, शान्त र वातावरण मैत्री बनाउँदै हवाई कम्पनीहरुको कार्यक्षमतालाई चुस्तदुरुस्त पार्नु रहेको छ ।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: