कांग्रेसको पत्रकार सम्मेलन : पौडेल, देउवा, सिंह र सिटौलाको एउटै बोली (भिडियो सहित) -

9:20 AM , 0 Comments

मिडिया एनपी, काठमाडौं, १९ फागुन । पार्टीको १३ औं महाधिवेशनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसका शीर्ष नेताहरुले नयाँ संविधान कार्यान्वयन नै महाधिवेशनको मूल एजेण्डा रहने बताएका हुन् ।

महाधिवेशन सुरु हुनु अघिल्लो दिन बुधबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा पार्टीका कार्यवहाक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्रीद्वय कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहले कांग्रेसको नेतृत्वमा संविधान बनेकाले कार्यान्वयन गर्न प्रमुख जिम्मेवारी पनि कांग्रेसकै रहने भएकाले महाधिवेशनको मूल एजेन्डा संविधान कार्यान्वयन हुने स्पस्ट पारे ।

मुलुकको हरेक परिवर्तनको नेतृत्व कांग्रेसले गरेको भन्दै कावा सभापति पौडेलले संविधान कार्यान्वयन, पार्टीको सुदृढीकरण र देशको समृद्धि अबको कार्यदिशा हुने बताए । मधेसमा देखिएको समस्या समाधनमा पनि पार्टीले ध्यान दिने पौडेलको भनाइ छ । यस्तै वरिष्ठ नेता शेरबहादुर देउवाले सीमांकन परिवर्तन गरेर भएपनि समस्या समाधान गर्न सकिने बताए । कांग्रेसले लोकतन्त्रका आधारभूत मान्यताहरुसँग कसैसँग पनि सम्झौता नगर्ने उनको भनाइ छ ।

यस्तै, महामन्त्री प्रकाशमान सिंहले महाधिवेशनबाट जो नेतृत्वमा आएपनि पार्टी एकताबद्ध भएर जानुपर्नेमा जोड दिए भने अर्का महामन्त्री कृष्णप्रसाद सिटौलाले सात दशकसम्म प्रतीक्षाको विषय बनेको संविधान कांग्रेसकै नेतृत्वमा बनेको र अब त्यसको कार्यान्वयन पनि कांग्रेसले नै गर्ने बताए ।

नेपाली कांग्रेसले १३औं महाधिवेशनका लागि ‘सुशीलको नेतृत्वमा ल्यायौं संविधान, सम्बृद्ध राष्ट्र निर्माण हाम्रो अभियान’ भन्ने नारा तय गरेको प्रचार समितिका संयोजक डा. मिनेन्द्र रिजालले जानकारी दिए । पत्रकार सम्मेलनमा प्रचार समितिका संयोजक डा. मीनेन्द्र रिजालले विहीबार १ बजे हुने उद्घाटन समारोहमा सहभागी हुन सर्वसाधारणहरुलाईसमेत आमन्त्रण गरे ।

महाधिवेशनमा विभिन्न पदमा छुट्टाछुट्टै प्यानल सहित उम्मेदवारी दिने तयारी गरेका शीर्ष नेताहरुले बुधबार पत्रकार सम्मेलनमा एकै ठाउँमा उभिएर महाधिवेशन पछि पार्टी एक ढिक्का हुने बताएका हुन् । साथै सो पत्रकार सम्मेलनमा महाधिवेशनको तयारीका बारेमा पनि जानकारी दिइएको थियो ।

कांग्रेसको १३ औं महाधिवेशन बिहीबार देखि आइतबार सम्म काठमाडौंमा हुनेछ ।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: