श्रीमानलाई बिदेशको जागिरले तान्यो श्रीमतीको मनलाई असईले तान्यो
नक्कली कागजी विवाह गर्दा मान्छेले सास्ती र अनेक बुहार्तन खेप्नुपरेको पीडादायी व्यथा हाम्रै आँखाअगाडि देखिएकै हुन् । तर, नेपाली सेनाबाट रिटायर्ड व्यक्तिको नक्कली सम्बन्धविच्छेदलाई आड मान्दै प्रहरीका असइले श्रीमती र सम्पत्ति उछिट्याएपछि मर्नु र बौलाउनुको अवस्थामा पुगेका छन् एक व्यक्ति । उनी न्यायको खोजीमा भौँतारिरहेका छन् । कोही–कोहीको नियति नै छोटो हँुदो रहेछ । जसरी हुन्छ धन कुम्ल्याऊँ भन्ने मानसिकता भएका एक केटीका कारण आज उनी घर न घाटको भएका छन् । शान्ति, सेवा, सुरक्षणम्को मूलमन्त्र जप्ने एक प्रहरीका कारण आज मानसिक रूपमा अशान्त जीवन व्यतित गर्न बाध्य छन् ओम थापा ।
नेपाली सेनाबाट रिटायर्ड भएका हुन् उनी । सेनाको मान्छेले आज एउटा प्रहरीका कारण न्याय खोज्दै भाँैतारिएर हिँडिरहनुपरेको छ । पहिलो विवाह गरे । श्रीमतीबाट छोरा भयो । एसएलसीसम्म पढ्दै गर्दा ऊ माओवादीमा लाग्यो । दुःखजिलो गरेर घर बनाएका थिए ०५८ सालमा । जनयुद्धका कारण सिंगो देशै थिलथिलो भएको अवस्था थियो । आफ्नो एउटै छोरा, भर्खरै एसएलसी पास गरेको । त्यही कुलंगार भएर निस्कियो । ओमको घर बिगार्नेमा उही छोरा । ऊ माओवादीतिर लाग्यो । लोग्ने–स्वास्नीका रूपमा बाँच्न निकै कठिन हुँदै थियो ।
भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
.png)

0 comments: