भारतको कोठीमा बेचिएकी एक नेपाली चेलीको कथा: एक दिनमा ३० जनासँग यौनसम्पर्क राख्नुपर्थ्यो -

9:56 AM 0 Comments


आज भन्दा करिब २० वर्ष पहिले सुनिता दौनवर नाम की महिलाले करिब पाँच महिनासम्म जून क्रूरता भोग्नुपर्‍यो त्यो संसारमै अकल्पनीय छ ।
देह व्यापारको धन्धा गर्दै आएका केही मानिसले उनलाई एक दिनमा ३०/३० जना पुरुषसँग शारीरिक सम्पर्क राख्न बाध्य पारेका थिए । तर, आज सुनिता यस्ता कैयौ विवश युवतीका लागि आशाको किरण बनेकी छिन् ।…
सुनिता जब मात्र १४ वर्षकी थिईन तब उनलाई जागिरको प्रलोभनमा दलालहरुले नेपालबाट भारत पु¥याएका थिए तर, जब उनी भारत पुगिन तब उनलाई एउटा सानो अध्यारो कोठामा बन्द गरेर राखे । किनकी उनी अब दलालहरुको हातबाट वेश्यालयमा पुगिसकेकी थिईन् ।

मुम्बई एक कोठाीमा बेचिएकी उनलाई पाँच महिनासम्म सुत्न समेत नदिएर दिनरात ग्राहकको यौन प्यास मेटाउन बाध्य पारियो । रातमा उनलाई सुतेको भएपनि व्युझाएर ग्राहकसँग जबरजस्ती शारीरिक सम्बन्ध राख्न लगाइन्थ्यो । उनले रातमा पनि राम्रोसँग सुत्न पाउँदैनथी ।
त्यही बीचमा केही समयपछि उनलाई त्यहाँको पीडा असह्य भयो । २४सैं घण्टा ग्राहकको यौन प्यास मेटाउदा उनी थाकिसकेकी थिईन् । त्यही बेला भाग्यले त्यो नर्कबाट बाहिर निस्कने एउटा बाटो देखायो त्यो उनको लागि गर्व र सम्मान बाटो सावित भयो । खबर अनुसार सुनिताले एक दिन वेश्यालयबाट भाग्ने योजना बनाईन् जसमा उनी सफल भइन् ।
डेली मेलमा छापिएको समाचार अनुसार, सुनिताले जून दिन आफूलाई यो नर्कबाट निकालिन त्यही दिन उनले कसम खाइन कि आफूजस्तै बाध्य भएर यस्तो नर्कमा फसेका महिलाहरुको सहारा बन्ने र उनको जीवनलाई सुधार्ने ।
अहिले नेपालका भूकम्प पीडित महिला तथा युवतीको जीवन बचाउँदै
नेपालमा भूकम्प आएदेखि देह व्यापारमा लागेका दलालहरु पुनः सक्रिय भएका छन् । यो समयमा दलालहरु भूकम्प पीडित परिवारका महिला तथा युवतीहरुलाई जागिरको प्रलोभन दिएर उनीहरुलाई भारतको वेश्यालयमा पु¥याउन कसरत गरिरहेका छन् । तर, डरलाग्दो यातना भोगिसकेकी नेपाली चेली सुनिता यी पीडित परिवारका छोरीहरुका लागि एक आशाकी किरण बनेर काम गरिरहेकी छिन् ।



सुनिता नेपालका ती युवती र महिलाहरुलाई वेश्यावृत्तिको दलदलबाट निकाल्न मद्दत गरिरहेकी छिन्, जसलाई कुनै न कुनै प्रलोभन देखाएर उनीहरुको यौन शोषण गरिँदैछ । जून युवतीहरुका परिवारजनले केही पैसाको लोभमा उनीहरुलाई देह व्यापारका लागि बेचेका छन् सुनिता त्यस्ता युवतीहरुको पूरानो सम्मानजनक जिन्दगी फिर्ता गरिदिने प्रयासमा जुटेकी छिन् ।

यस्तो काम गर्ने सोच सुनितालाई कसरी आयो ? उनी भन्छिन्–‘मेरो बारेमा जब एक बौद्ध भिक्षिकालाई थाहा भयो तब उनले धेरै प्रयास गरेर मलाई मुम्बईको वेश्यालयबाट मुक्त गराए, त्यसपछि मलाई नेपाल ल्याएर मेरा परिवारसँग भेटाइदिए । त्यसपछि मलाई लाग्यो बौद्ध भिक्षिका जस्तै मैले पनि अन्य युवतीहरुको जिन्दगी बचाउनुपर्छ ।’
सुनिताले अहिले एक शक्ति समूह नामको एनजीओ चलाइरहेकी छिन् । जसको माध्यमबाट उनी नेपाली चेलीहरुलाई वेश्यावृत्तिमा फस्नबाट बचाउने प्रयास गरिरहेकी छिन् । अहिलेसम्म उनले सयभन्दा बढी नेपाली चेलीहरुलाई वेश्यालयबाट घर फर्काएकी छिन्- See more at: http://www.zoomnp.net/archives/10439#sthash.ig9cnZ2o.dpuf

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: