सभापतिमा उम्मेदवारी दिएरै छोडने पौलेलले भने ‘कोइराला र देउवा विश्राम लिनु’

2:47 AM 0 Comments


काठमाडौँ, १४ पुस । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले नेताद्वय सुशील कोइराला र शेरबहादुर देउवालाई विश्राम लिन आग्रह गरेका छन् ।
नेपाली काँग्रेस गुल्मीले आयोजना गरेको ‘कस्तो बन्यो संविधान, सद्भाव र एकताको अभियान’ अन्तर्गत कार्यक्रममा सहभागी हुन सदरमुकाम तम्घास पुगेका नेता पौडेलले अब सधैँ भागबन्डाबाट पार्टी चल्न नसक्ने बताउँदै अब कार्यकर्ताका लागि मूल्याङ्कन गर्ने बेलवा भएको बताए ।
कोईराला र देउवा दुवैले सभापति र प्रधानमन्त्रीको अनुभव बटुलिसकेको हुँदा उनिहरुलाई आराम गर्न आग्रह गर्दै आफूलाई पार्टी सभापतिका लागि सहयोग गर्न अपिल गरे ।
यसपालि आफूले कुनै पनि हालतमा सभापतिमा उम्मेदवारी दिने घोषणा पनि उनले गरे । पौडेलले यही संविधानको सेरोफेरोमा रहेर मधेसको समस्या समाधान हुने बताउँदै काँग्रेसले सरकार बाहिरबाटै भए पनि मधेसको आन्दोलन अन्त्य गर्नका लागि भूमिका निर्वाह गरिरहेकाले अब मधेस आन्दोलन रोकिने विश्वास व्यक्त गरे ।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: