अर्को साता नाकाबन्दी हटाउने विषयमा छलफल हुन्छः ठाकुर -

2:41 AM 0 Comments

काठमाडौँ, १४ पुस । तराई मधेस लोकतान्तिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आगामि पुस १९ गतेपछि बस्ने संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकमा नाकाबन्दी अन्त्य गर्ने सहितको विषयमा छलफल हुने बताएका छन । मधेस आन्दोलनको सफल अवतरणको लागि ध्यानआर्कषित गर्दै रिपोर्टर्स क्लब नेपालले बुझाएको ज्ञापन पत्र बुझ्दै उनले भने,‘मोर्चाले समय समयमा आन्दोलनको स्वरुप परिवर्तन गर्दै आएको छ । अहिले पुस १९ गते सम्मको कार्यक्रम चलिरहेको छ । त्यसपछि बस्ने मोर्चाको बैठकमा नाकाबन्दी अन्त्यसहितका एजेण्डाहरुमा छलफल हुन सक्छ ।’ अध्यक्ष ठाकुरले आफूहरुको ११ बुँदे प्रस्तावमा बुँदा गत रुपमा छलफल गर्दै सहमति भएका विषयलाई एका तिर राखेर सहमति नबनेका विषयमा छलफल गर्दै जानु पर्ने भन्दै राज्यले विश्वासिलो बातावरण बनाए तीन महिनामा सीमांकन मिलाउने विषयमा पनि सहमति हुन सक्ने संकेत गरे । उनले भने,‘तीन महिनामा सीमांकन मिलाउने विषयमा हामीलाई विश्वास दिलाउन सक्नु पर्यो नि । अहिलेसम्म भएका लिखित सहमतिको उल्लघन भएको छ । तीन महिना भन्दा भन्दै चार महिना भईसक्यो कुरा मिलाएको भए भई हाल्थ्यो नि ।संविधानको प्रस्तावनादेखि अन्त्यसम्म हामीमाथि विभेदै विभेद छ । त्यहाँ जनयूद्ध राख्न हुने मधेस आन्दोलन राख्न किन नहुने ? यस्तो अवस्थामा कसरी विश्वास गर्नु ? संसदमा सडकमा पनि पेलिरहेका छन, संसदमा पनि पेलिरहेका छन ।’ अध्यक्ष ठाकुरले सरकारले बार्ताबाट समस्याको समाधान नचाहेकोले अहिलेसम्म समाधान नभएको भन्दै काग्रेस र एमाओवादीसँगको बार्ता पनि कुनै निष्कर्समा पुग्न नसकेको बताए । उनले भने,‘ अनौपचारिक रुपमा काग्रेस र एमाओवादीसँग बार्ता भईरहेको तर ती बार्ता पनि कुनै निष्कर्समा पुगेको छैन ।’ सरकारसँग आन्दोलन दवाउने वा माग पुरा गरेर समाधान गर्ने दुई विकल्प रहेको भन्दै अरुलाई जनावर नामाकरण गर्ने सरकारको आफ्नै जनावर जस्तै अमानवीय ब्यवहार रहेको आरोप लगाए । उनले भने,‘ मधेसीलाई जनावर जस्तै बुटले कुल्चिदा अर्को आमानवीय ब्यवाहार हुँदैन । त्यसैले दमन बन्द नभएसम्म सार्थक बार्ता हुन सक्दैन । सरकारको पछिल्लो क्रुरता सद्भावना पार्टीका राजेन्द्र महतोमाथि गरेको आक्रमणले प्रष्ट पारेको छ ।’ नाकाबन्दीकारण भुकम्प पीडितले ज्यान गुमाउनु परेको भनि सोधेको प्रश्नमा उनले भुकम्प पीडितलाई आफूहरुले सक्दो सहयोग गरेको दावी गर्दै भने,‘ प्राधिकरण विद्येयक पारित गर्न सहयोग गर्यौ । भर्खर सिईओ नियूक्त गर्दैछ । हामीले होईन् सरकारले काम गर्न सकेको छैन । हामीलाई विदेशी ठान्ने सरकारले आफ्ना नागरिकलाई बचाउनु पर्यो नि । हाम्रो समस्याको कारण तपाईहरु पनि पीडित हुनु भएको छ , यो कुरा सरकारले बुझेको छैन । ’ उनले थपे,‘मधेसमा सबैतिर लाठी चलाउँछन अनि हामी कहाँ गएर बस्ने ? दशगजामा पनि लाठि चलाउँछ । हाम्रो कुरा सुन्दैन उल्टै हामीलाई दोष लगाउँछन । अभाव हाम्रो कारण भएको होईन, सरकारको कारण भएको हो । - See more at: http://www.zoomnp.net/archives/19922#sthash.Zq5UrSqf.dpuf

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: