हिराको हार सानो भएको भन्दै युवतीद्धारा विहे बहिस्कार

1:38 AM , 0 Comments


जिवनमा मायाप्रेम तथा विश्वास भन्दा ठूलो कुरा केही हुँदैन र मायाप्रेमका अगाडि सुनचाँदी र हिरामोतीको कुनै अर्थ रहँदैन भन्ने आदर्शमय कुरा धेरैले गर्छन् । तर यस्तो आदर्शलाई घाममा सुकाइदिने काम गरेकी छिन् चीनकी एक युवतीले । दक्षिण पश्चिमी चीनको चेंग्दू सहरकी एक युवतीले हिराको औँठी सानो भएको भन्दै आफ्नै ब्वायफ्रेण्डले राखेको विवाहको प्रस्ताव अस्विकार गरेकी छिन् ।


विशेष समारोहबीच विवाहको प्रस्ताव गर्न ठीक्क परेका प्रेमीले आफ्नो लागि उपहारको रुपमा ल्याएको हिराको औँठी सानो भएको निहुँमा उनले युवकको बिहे प्रस्तावलाई लात हानेकी हुन् ।
युवकले हिराको औँठीको साथ युवतीलाई प्रपोज गर्ने र कुरो प्रपोजल समारोहलाई रमाइलो बनाउनका लागि सांगितिक समूह समेत तयार पारेका थिए । सांगितिक समूहले सहरको चोकमा नाचगान प्रस्तुती पनि गरेको थिए । आफ्नो ब्वाइफ्रेण्डले आफ्नो खुसीका लागि यति धेरै गरेको देखेर सुरुमा त युवतीका आँखाबाट आँशु खसे । तर जब युवकले प्रपोज गर्ने बेलामा उनलाई औँठी लगाइदिन खोजे तब युवतीले तत्कालै आफ्नो हात खोसिन् । औँठी सानो भएको भन्दै उनी युवकको विवाह प्रस्तावलाई लत्याउँदै त्यहाँबाट हिँडिन् ।
पहिले कुराकानीका क्रममा एक क्यारेटको हिराको औँठी लिएर आउने समझदारी भएपनि केटाले सानो औँठी ल्याएर आफुलाई झुक्याएको युवतीको गुनासो छ । यो घटनाका बारेमा चिनिया सोसल साइटमा खुबै चर्चा भइरहेको छ र धेरैले युवतीलाई आलोचना गरेका छन् ।

- See more at: http://www.zoomnp.net/archives/20014#sthash.pOrJ3PSH.H1GZHxKn.dpuf

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: