प्रदर्शनकारीले प्रहरी चौकीलाई लक्षितगरि ३४ पेट्रोल बम प्रहार, जानकी मन्दिर क्षेत्र तनाव

2:56 AM 0 Comments


जनकपुर, १४ पुस । प्रहरी र प्रदर्शनकारीबीच झडपका कारण जानकी मन्दिर क्षेत्र तनावग्रस्त बनेको छ ।
प्रदर्शकारीले जानकी प्रहरी चौकीलाई लक्ष्य गरी पेट्रोल बम प्रहार गरिरहेका छन् । प्रदर्शनकारीले प्रहार गरेको पेट्रोल बमले चौकी नजिकै रहेको गोलघरमा आगो लागेकामा प्रहरीको सक्रियतामा नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
तीन दिनदेखि सो क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप जारी छ । प्रजिअ कालीप्रसाद पराजुलीका अनुसार प्रदर्शनकारीले चौकीलाई लक्ष्य गरी ३४ पेट्रोल बम प्रहार गरेका थिए । सोमबार पनि भएको झडपमा २२ प्रदर्शनकारी घाइते भएका थिए ।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: