दिल्लीमा दिपकुमारलाई बोलाएरै भारतले भन्यो मोर्चाले नमाने पनि अब रोकिन्न
दिल्ली । भारतले आन्दोलनरत मधेसी मोर्चा सहमतिमा नआए पनि नाका सहज पार्ने संकेत गरेको छ ।
भारतीय विदेश मन्त्रालयमा भएको उच्चस्तरीय छलफलमा भारतीय विदेश मन्त्रालयले चार बुँदे रोडम्याप अनुसार नेपाल सरकार सकारात्मक भएको र संसदमा संविधान संशोधन विधेयक समेत दर्ता भएकाले अब नाका सहज बन्ने संकेत गरेको हो ।
सहमति र समझदारीका माध्यमबाट देखिएका समस्या समाधान गर्न नेपाल सरकारले प्रयास गरिरहेको र थप लचक बनेको खण्डमा नाकाहरुको अबरोध हट्ने विदेश मन्त्रालयमा भएको छलफलमा नेपाल डेस्क प्रमुख अभय ठाकुरले बताए ।
छलफलका क्रममा भारतस्थित नेपाली राजदुत दिपकुमार उपाध्यायले मधेसी मोर्चाले भनेभन्दा बढी सरकार लचक एको र तीन महिना भित्र सीमांकन संशोधन अनिवार्य गर्नेगरि सम्झौता गर्न तयार रहेको अवस्थामा सबै समस्या समाधान हुने बताएका थिए ।
उपाध्यायले मधेसी मोर्चाका नेताहरुसँग सरकारले निरन्तर संवाद गरिरहेको छ । अब छिटै निश्कर्ष निस्कने विश्वास व्यक्त गरेका थिए ।
राजदुत उपाध्यायकै आग्रहमा नेपालबारे विदेश मन्त्रालयमा छलफल भएको थियो भने छलफल निकै सकारात्मक भएको बताइएको छ ।
पछिल्लो समय भारतले रणनीति परिवर्तन गरेसँगै नाका सहज हुन थालेको छ भने केही दिन भित्रै विरगञ्ज नाका पनि सुचारु हुने बताइएको छ ।
भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
.png)

0 comments: