बाहिरियो नाई नभन्नू ल ४ को शिर्ष गीतको भिडियो (भिडियो सहित) - Kyf9HDr.dpuf

9:14 AM , 0 Comments

मिडिया एनपी, काठमाडौं, १९ फागुुन । विकाश आचार्यद्धारा निर्देशित चलचित्र ‘नाई नभन्नू ल ४’ को शिर्ष गीत सार्वजनिक भएको छ । राजेश पायल राई र रजिना रिमालको आवाजमा सार्वजनिक भएको गीतमा पल शाह र वर्षा राउतलाई फिचरिङ गरिएको छ । युट्युब मार्फत् सार्वजनिक गीतको अडियो नै स्रोताले मन पराईसकेका छन् ।

बसन्त सापकोटाको संगीत गीतको रचना पनि स्वयं बसन्तले नै गरेका हुन् । चैत्र २६ बाट प्रदर्शनमा आउने फिल्ममा पल शाह, वर्षा राउत, आँचल शर्माले डेब्यु गर्दैछन् भने प्रियंका कार्की, अनुभव रेग्मी र सरोज खनालले निरन्तरता पाएका छन् ।

फिल्मलाई बिकास आचार्यले निर्देशन गरेका हुन् । फिल्ममा सामीप्यराज तिमल्सेना र आचार्यकै लेखन, पुरुषोत्तम प्रधानको छायांकन र अर्जन जिसीको सम्पादन रहेको छ । मुस्कान ढकाल फिल्मको एसोसिएट निर्देशक हुन् । बिकास राज आचार्यको प्रोडक्सनमा बनेको फिल्ममा दिनेश पोखरेल र हरिबोल भण्डारी निर्माताको रुपमा रहेका छन् ।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: