आठ वर्षमा गाउँ फर्किएकी महिलालाई जिउँदै जलाएपछि...

8:44 AM 0 Comments



भारतको राजस्थानको आदिवासी इलाका डूगरपुर जिल्लामा प्रेम विवाह गरेर आठ वर्षपछि गाउँमा फर्किएकी एक महिलालाई जिउँदै जलाइएको छ ।
प्रहरीका अनुसार जिउँदै जलाइएकी महिलाको ज्यान गएको छ भने उनीसँगै रहेका सात जनालाई पक्राउ गरिएको छ ।
आसपुर थाना क्षेत्रको राजपूत समूदायको बाहल्यता रहेको गाउँमा उक्त महिलाको रातारात अन्तिम संस्कार पनि गरिएको प्रहरीले जनाएको छ ।

शुक्रबार राति खबर पाएपछि प्रहरी गाउँमा पुगेको थियो । जहाँ महिलालाई जलाइएको थियो भने त्यहाँ मट्टितेलको गन्ध आइरहेको थियो । मट्टितेलको गन्धले नै घटनास्थल पत्ता लगाउन सहज भएको प्रहरीले जनाएको छ ।

उक्त घटनामा संलग्नको अनुसन्धानका लागि संकास्पद तीनसहित ३५ जना विरुद्ध उजुरी दर्ता भएको स्थानीय प्रहरी अधिकारी रविशंकरले बताएको बीबीसीले उल्लेख गरेको छ ।

प्रहरीका अनुसार तीस वर्षकी रामेश्वरीको एक पुजारीको परिवारसँग विवाह भएपछि राजपूत परिवार आक्रोसित बनेको थियो ।

उनी विवाहपछि आफ्ना श्रीमानका साथ मुम्बईमा बस्दै आएकी थिइन । आठ वर्षपछि उनी तीन बर्षकी छोरीलाई लिएर बिहीबार गाउँ आएकी थिइन् ।

घटना हुनुभन्दा अघि उनी घरमा थिइन् । मृतककी सासु कलावतीले प्रहरीमा दायर गरेको रिटमा उनले आफ्नी बुहारीलाई कुट्दै चौरीमा लगेर आगो लगाएको उल्लेख गरेकी छन् ।

योसँगै केटाको परिवारमा पनि उनीहरुले डरधम्की दिएका थिए ।

प्रहरीले गाउँमा अहिले गस्ती गरिरहेको छ । अभियुक्तहरुको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

केटाका परिवार पनि आफ्नो गाउँ छोडेर टाडाका आफन्त कहाँ गएका छन् ।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: