यसो गर्नुहोस ग्यास्ट्रिक पुरै निर्मुल हुन्छ

12:20 AM 0 Comments

मिडिया एनपी, काठमाडौं । ग्यास्ट्राइटिस रोगले अधिकांश नेपालीलाई सताएको हुन्छ । विशेषत खानपानका कारण सताउने ग्यास्ट्राइटिसले धेरै थरिका समस्या निम्त्याउछ । पेटमा हावाभरीएर हुने ग्यास्ट्राइटिसले फेट फुल्ने र पीडा हुने गर्छ । विशेषगरि खानपानकै कारण हुने ग्यास्ट्राइटिसबाट बच्न खानपानमै ध्यान दिनु पर्ने हुन्छ । कुनै खानाका कारण ग्यास बढेको छ भने त्यस्तो खाना बन्द गर्नु पर्छ । ग्यास बढाउने खाना नै ग्यास्ट्राइटिसको मुख्य जड हो । केक, कार्बोनेटयुक्त सामग्री, अमिलो फल, काउली, बन्दा, सुपारी पेटमा ग्यास बनाउने खालका खाद्यपदार्थ हुन् ।
खाना मात्रै बारेर पनि हुँदैन । ग्यास बन्ने अर्को कारण भनेको लामो समयसम्म भोको बस्नु हो । धेरै नेपाली धेरैथरिका ब्रतमा बिस्वास गर्छन र लामो समय निराहार बस्छन्, कतिपय समय नमिल्दा बेलामा खाना खादैनन् । कुबेलाको खाना ग्यास्ट्रिकका लागि ठूलो समस्या हो ।
नियमित रुपमा समयमा खाना खाना खाने बानी बसाल्यो भने ग्यास्ट्राइटिसको समस्या समाधान हुन सक्छ । खाना खाँदा राम्रोसँग चपाएर खानु पर्छ । सकेसम्म खानामा कम मसालेदार खाना प्रयोग गर्नु पर्छ । बढी तेल र मसाला मिसाएको खाना पनि ग्यास्ट्रिकको कारण हो ।
खानामा सकेसम्म सधैं हरियो तरकारीको प्रयोग गर्नु पर्छ । हाम्रो बानी पेट टन्न भएपछि उठ्ने छ । यो पनि खराब बानी हो हामीले खाना खान मन लाग्दालाग्दै उठ्नु पर्छ । यसको अर्थ आधा पेटनै उठ्नु भन्ने होईन ।
धेरैको बानी खानासँगै पानी खाने हुन्छ । अझ कति खाना खाईसकेर पानी खान्छन् अनि उठ्छन् । यसो गर्नु पनि राम्रो होईन । खाना खाएको आधा घण्टापछि मात्र पानी खानु पर्दछ । बढी रक्सी पिउने मान्छेलाई पनि ग्यास्ट्राइटिसले सताउन सक्छ । तर, रक्सीले मात्रै ग्यास्ट्राइटिस चम्किने भने होईन । तथापी रक्सी नखाँदा या यसको सेवन सीमित गर्नाले भविष्यमा हुने ग्यास्ट्राइटिसबाट बच्न सकिन्छ ।
ग्यास्ट्राइटिसबाट बच्न पेटलाई आराम दिन थोरै खाने बानी गर्नुपर्छ । धेरै खानाले पनि ग्यास्ट्रीकको समस्यालाई असर गर्छ । यसका अलावा खानामा ल्याक्टोज र ग्लूटनजस्ता आहार लिनबाट बच्नुहोस् । ग्यास्ट्रिकमा पेटमा बन्ने एसिड कम गर्न प्रभावकारी औषधि एन्टासिड या अन्य औषधि दिइन्छ ।
अन्यथा एसिड फुलेको क्षेत्रमा बढी जलन पैदा गर्ने कारण बन्न सक्छ । साथै ग्यास्ट्राइटिसका दौरान एस्पिरिन र नन स्टेराइडल–एन्टी इन्फ्लेमेटरी जस्ता औषधि दिनबाट बच्नुपर्छ ।
- See more at: http://medianp.com/2016/01/78241.html#sthash.QOHJzvxV.dpuf

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: