सभापतिकालागि दोस्रो निर्वाचन २ बजे, कसरी बढाउलान देउवाले ११ मत ? -

8:36 PM 0 Comments



नेपाली काँग्रेसको सभापतिकालागि दोस्रो निर्वाचन मध्यान्न २ बजेदेखि पुनः शुरु हुने भएको छ । पहिलो चरणमा ५१ प्रतिशत मत कुनै पनि उम्मेदवारले नपाएका कारण दोस्रो चरणको मतदान हुने भएको हो ।

पहिलो चरणमा भएको निर्वाचनमा नेता शेरबहादुर देउवाले सबैभन्दा बढी १५६४ मत प्राप्त गरेका थिए । उक्त मत बिजयी हुन पर्याप्त भएन । काँग्रेसको बिधान अनुसार सभापति पदकालागि उम्मेद्वारले कुल खसेको मतको ५१ प्रतिशत मत चाहिने ब्यवस्था छ । देउवाले पाएको मतमा ११ मतबढी भएको भए निर्वाचन गर्नु पर्ने थिएन । देउवा सभापति हुने थिए ।

११ मतको कमीले देउवा पहिलो चरणमै सभापति हुनबाट बञ्चित भए । सभापति पदकालागि निर्वाचित हुन कम्तिमा १ हजार ५ सय ७५ मत प्राप्त गर्नु पर्छ । देउवाले १५६४ मत मात्र प्राप्त गर्दा निर्वाचन दोस्रो चरणमा प्रवेश गरेको हो ।

 

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: