रियल मड्रिडका स्ट्राइकर रोनाल्डो भन्छन्, १० वर्षदेखि मेरो प्रदर्शन खस्केको छैन

2:49 AM 0 Comments








काठमाडौँ, २२ फागुन - स्पेनिस क्लब रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले आफ्नो खेल स्तर गएको १० वर्षदेखि स्थिर रहेको बताएका छन्।

गएको १० वर्षदेखि आफ्नो खेल स्तर समान रहेको र कुनै पनि बेला नखस्नेको रोनाल्डोले दाबी गरेका हुन्। गएको हप्ता मड्रिड डर्बीको क्रममा एथ्लेटिको मड्रिसँग १–० ले पराजित भएपनि रोनाल्डोले टिमका सबै खेलाडी आफ्नो स्तरका भएको भए टिम शीर्ष स्थानमा रहेने बताएका थिए। त्यसपछि उनको आलोचना भएको थियो।

ओलोचना भएपछि रोनाल्डोले आफूले स्तरको कुरा फिटनेशसँग मात्रै सम्बन्धित रहेको बताएका थिए। आफूले खेल क्षमताका बारेमा नबोलेको उनको भनाई थियो। आफूले गएको १० वर्षदेखि आफ्नो प्रभावकारी प्रदर्शन कायम राखेको र यसलाई अझै यस्तै राख्न चाहेको उनले बताए।


मैदान र मैदान बाहिर आफूले गर्ने गरेको कडा मेहनतले नै समर्थकलाई खुसी पार्न तथा व्यक्तिगत र टिमगत उपलब्धी हाँसिल गर्न सकेको उनको भनाई छ। क्षमता भएर मात्रै केही नहुने त्यसलाई निखार्न कडा परिश्रम चाहिने रोनाल्डोले बताए।

आफ्नो खेल स्तर यही रुपमा कायम राख्न चाहेको उनले बताए। उनले भने ‘मलाई लाग्छ मैले गएको १० वर्षदेखि उही स्तरको खेल प्रदर्शन गरिरहेको छु । म यसलाई कायम राख्न तथा टिम र व्यक्तिगत रुपमा विभिन्न उपाधि जित्न चाहन्छु।’ आफ्ना समर्थकलाई धेरै खुसी दिन चाहेको उनको भनाई छ। एजेन्सी

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: