कबड्डी–कबड्डी युट्युबमा आएपछि निश्चिल बस्नेतले मलिन हुँदै गरे यस्तो अपिल (भिडियो सहित)

9:35 PM , 0 Comments

मिडिया एनपी, काठमाडौं, २३ फागुन । चलचित्र कबड्डी–कबड्डी युट्युबमा सार्वजनिक भएपछि चलचित्रका नायक तथा निर्माता निश्चल बस्नेतले पाइरेसी नगर्न भन्दै अपिल गरेका छन् ।

बस्नेत प्रमुख कार्यकारी निर्माता रहेको कबड्डी–कबड्डीलाई हङकङमा बस्ने कसैले आइतबार बिहान युट्युबमा राखिदिएको थियो र त्यसको लिंक सामाजिक सञ्जालहरुमा भाइरल भएको थियो । झण्डै ५० हजारले हेरेपछि युट्युबले कबड्डी–कबड्डी हटाएको छ ।

चलचित्र यूनिटले यो फिल्म अन्तराष्ट्रिय बजारमा रिलिज गर्ने तयारी गरिरहेका बेला युट्युबमार्फत सार्वजनिक भएको हो । नेपालका सिनेमा हलहरुमा चार महिना अघि नै प्रदर्शन भएको कबड्डी–कबड्डी हङकङ, दुबई र अमेरिकामा प्रदर्शनको तयारीमा छ ।

दयाहाङ राई, निश्चल बस्नेत, रेश्मा गुरुङको अभिनय रहेको कबड्डीको सिक्वेलका रुपमा बनेको कबड्डी–कबड्डीलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: