स्पेनिस क्लबका तीन हस्ती मेस्सी, नेइमार र स्वारेजको १०० गोल -

7:44 PM 0 Comments








काठमाडौँ, २४ फागुन - स्पेनिस क्लब बार्सिलोनाका तीन हस्ती लियोनल मेस्सी, नेइमार र लुइस स्वारेजले यो सिजन निकै राम्रो प्रदर्शन गरिहेका छन्।

क्लबका प्राय सबै खेलमा गोल गर्ने गरेका यी तीन खेलाडीले यो सिजनमा बार्सिलोनाबाट अहिलेसम्म एक सय गोल गरेका छन्। ला लिगा अन्तर्गत आइतबार राति एइबरसँगको खेलमा मेस्सीले दुई तथा स्वारेजले एक गोल गरेपछि मेस्सी, नेइमार र स्वारेजले यो सिजनमा गरेको गोल संख्या एक सय पुगेको हो।

यो खेलमा बार्सिलोनाले एइबरलाई ४–० ले हरायो । यो सिजन स्वारेजले सबै प्रतियोगितामा अहिलेसम्म ४२, मेस्सीले ३५ तथा नेइमारले २३ गोल गरेका छन् । ला लिगामा यो सिजन २६ गोल गरेका स्वारेज सर्वाधिक गोलकर्ताको सूचीमा दोस्रो स्थानमा छन्।

२७ गोल गरेका रियल मड्रिडका क्रिष्टियानो रोनाल्डो पहिलो स्थानमा छन्। २१ गोल गरेका मेस्सी तेस्रो स्थानमा छन्। नेइमारले ला लिगामा यो सिजनमा अहिलेसम्म १८ गोल गरेका छन् । एजेन्सी

- See more at: http://dcnepal.com/news/news.php?nid=197290#sthash.wUMNOieT.dpuf

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: