जटिल मोडमा पुुगेकी अन्जुु पन्तले कारुणिक स्वरमा भनिन् – म जलेको हेर्न मुस्कुुराउँदै आउनुु (भिडियो सहित)

9:08 PM , 0 Comments





मिडिया एनपी, कामठमाडौं, २३ फागुन । गायिका अन्जु पन्तलाई आफ्नो मान्छे बैरी बनेपछि मुटु दुखेको छ । गायिका पन्तसँगै संगीतकार अर्जुन पोखरेल र गीतकार नृपेश उप्रेतीको पनि मुटुु दुखेको छ । नृपेशको ‘आहान अर्को खुशी’का लागि यि ३ जनाले एकै पटक मुटुु दुखाएका हुन । उनीहरुको व्यथा लण्डनमा सार्वजनिक भएको छ ।

मनको व्यथालाई गला मार्फत व्यक्त गरेकी अन्जुको उक्त गीतको म्यूजिक भिडियो समेत सार्वजनिक भएको छ । मार्च ६ तारिकमा लण्डनमा एक कार्यक्रमका बिच बेलायतका लागि नेपालका कार्यवाहक राजदुत तेज बहादुर क्षेत्री, एनआरएन युकेका अध्यक्ष मुछेन्द्र गुरुङ र नेपाल पत्रकार महासंघका अध्यक्ष डा महेन्द्र बिष्टले संयुक्त रुपमा बिमोचन उक्त भिडियोलाई सार्वजनिक गरेका हुन ।

‘बढ्छ ब्यथा दुख्छ मुटु आफ्नै मान्छे बैरी बन्दा, बिश्वास गर्नेहरुले नै पाइलै पिच्छे खाडल खन्दा’ बोलको यो गीत गीतकार नृेशका लागि विशेष गीत हो । उनले यो गीत लेखिसकेपछि मात्रै गीत रेकर्डका लागि बाटो बनेको हो । उनले गीतका सन्दर्भमा भनेका छन् ‘यो गीत नलेखिएको भए सायदै म मेरा गीतहरु रेकर्ड गरेर एल्बमको रुपमा निकाल्न प्रेरित हुन्थे, यहि गीत लेखे पछि नै मलाई गीतहरु रेकर्ड गर्ने र एल्बम निकाल्ने प्रेरणा मिलेको हो र एल्बममा सम्हिलित सबै नौ गीतहरु राम्रा भए पनि मलाई सबै मनपर्ने गीत यहि हो ।’

रत्न जोशीको निर्देशनमा बनेको बढ्छ ब्यथा गीतको भिडियो गीतको भाव जस्तै प्रेम समर्पण र धोकामा केन्द्रित छ । जसमा कलाकारहरु महिमा, ज्योती र वादलले अभिनय गरेका छन् । यस अघि गीतकार उप्रेतीका आहान अर्को खुशी एल्बमको प्रमोद खरेल र शिव परिवारको आवाजमा रहेको ‘आफ्नै जिन्दगी आफैलाई भारी भारी भाको छ’ र अन्जु पन्तको स्वर तथा मोडलिङ्गमा ‘जुनि जुनि मेरै बन’ बोलका दुई गीतहरुको म्युजिक भिडियो सार्वजनिक भैसकेको छ्न । उप्रेतीको ‘आहान अर्को खुशी’को अर्जुन पोखरेल सोलो संगीतकार हुन । गीतकार उप्रेती पत्रकार महासंघ युकेको कार्यसमिति सदस्यमा केहिदिन अघि मात्रै निर्वाचित भएका छन् ।

- See more at: http://medianp.com/2016/03/81168.html#sthash.mdWp1q62.dpuf

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: