कारभन्दा महँगा नेपालमै पाइने ५ मोटरसाइकल यस्ता छन्

11:50 PM 0 Comments



विश्वमा करोडौँ मूल्य पर्ने मोटरसाइकलहरुको निर्माणसँगै यिनीहरुको माग पनि बढ्दो छ। विकसित मुलुकका ग्राहकले आफ्नो शौख पूरा गर्न महँगा मोटरसाइकल किन्नु ठूलो कुरा नहोला तर विकासोन्मुखका लागि भने ठूलै कुरो हुन्छ।

नेपालमा सामान्यतया मोटरसाइकलको मूल्य १ लाख ५० हजार रुपैयाँदेखि सुरु हुन्छ। मोटरसाइकल व्यवसायीका अनुसार अधिकांश चालकको रोजाइमा भने २ लाखदेखि ३ लाख रुपैयाँबीचका पर्छन्। नेपाली अटो बजारमा ५० लाख रुपैयाँसम्म पर्ने मोटरसाइकल उपलब्ध भएका छन्।
नेपालमा मोटरसाइकल आवश्यकता बनेको धेरै वर्ष भएपनि शौखको रुपमा फस्टाउन अझै निकै समय लाग्छ। धेरै जसो उपभोक्तालाई कारभन्दा महँगो मूल्यको मोटरसाइकल चढ्नु उपयुक्त नलाग्ला पनि।
साधारणतया नेपालमा कारको मूल्य नै १८–२० लाखदेखि सुरु हुन्छ भने ४०–५० लाखमा राम्रो स्तरको कार पाउन सकिन्छ। ५० लाखसम्म पर्ने मोटरसाइकलहरु यसका शौखिनहरुलाई भने आफ्नो रहर पूरा गर्ने अवसर हुन सक्छन्। यामाहा, सुजुकी, एमभी अगस्टा, डुकाटीका मोटरसाइकलहरु नेपालमा पाइने सबैभन्दा महँगामा पर्छन्।
नेपालमा उपलब्ध भएका ५ महँगा मोटरसाइकलहरु यी हुन्ः

१. डुकाटी, मल्टिस्ट्राडाः
१२०० सिसिको यो मोटरसाइकल ५ वटा संस्करणः १२००, १२०० एस, डी एयर, इन्डुरो र पाइक्स पिक उपलब्ध छ। नेपालमा टर्बो मोटर्सले यो मोटरसाइकल भित्र््याउँछ। यिनीहरुको मूल्य मोडलका आधारमा ४० लाखदेखि सुरु भएर ५० लाख रुपैयाँ सम्म पर्ने टर्बो मोटर्सका गौरव नगरकोटीले जानकारी दिए। यो मोटरसाइकल बुकिङ गरेको १ हप्तामा उपलब्ध हुने कम्पनीको भनाइ छ। हालसम्म कम्पनीले १ वटा डुकाटी मल्टिस्ट्राडा बिक्री गरेको छ।

२. डुकाटी, डियाभेलः
११९८ सिसिको डुकाटीको यो मोटरसाइकलको मूल्य करिब ४० लाख रुपैयाँ छ।

३. एम भि अगस्टा, एफ फोः
इटालीको कम्पनी एम भि अगस्टाका मोटरसाइकल नेपालमा गियर भेन्चरले भित्र्याउँदै आएको छ। १००० सिसिको एफ फो मोडलको मूल्य करिब ३८ लाख रुपैयाँ पर्ने गियर भेन्चरका अभिषेक कार्कीले जानकारी दिए। हालसम्म कम्पनीले यो मोटरसाइकल २ वटा बिक्री गरिसकेको छ।

४. सुजुकी जीएसएक्स १३०० आर, हायाबुसाः
करिब ३६ लाख पर्ने १३०० सिसिको यो मोटरसाइकल नेपालमा गणेश इन्टरप्राइजेजले भित्र्याउँछ। हालसम्म यो ४ वटा बिक्री भइसकेको कम्पनीकी प्रमिला खत्रीले बताइन्। तर केही वर्षयता यो मोटरसाइकल नल्याइएको पनि खत्रीले बताइन्। ग्राहकको मागअनुसार यसलाई पुनः ल्याउन सकिने उनले बताइन्।

५. यामाहा, वाइजेडएफ आर ६ः
करिब २५ लाख रुपैयाँ पर्ने यो मोटरसाइकल नेपालमा एमएडब्लु इन्टरप्राइजेजले भित्र्याउँछ। यो मोटरसाइकल १ वटा बिक्री भइसकेको छ र फेरि अर्को ल्याउने तयारी गरिरहेको टु ह्विलर सेगमेन्टका असिस्टेन्ट जीएम दिपक रौनियारले जानकारी दिए।
यी मोटरसाइकलहरुको मूल्य आयात हुने समयको आधारमा फरक पर्न सक्ने व्यवसायीहरुले बताएका छन्।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: