भ्रष्टाचारको रकम साली र सासूका नाममा

7:17 PM 0 Comments

न्यायको हात लामो हुन्छ, लुकाएर लुक्दैन एक न एक दिन सजाय भोग्नैपर्छ भन्ने नेपाली उखान आन्तरिक राजस्व कार्यालयका नायब सुब्बा उमेशकुमार रेग्मीको जीवनमा लागु भएको छ । राजस्व कार्यालयका कर्मचारी हुँदा उनले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति आफन्तका नाममा लुकाएर राखे पनि अन्ततः अदालतले गैरकानुनी भन्दै जफतको फैसला सुनाएको छ ।



लामो समयसम्म राजस्वका नायव सुब्बा रहेका रेग्मीले सासू उषा काफ्ले, साली उषादेवी काफ्ले र साला सुधीरकुमार काफ्लेको नाममा कृषि विकास बैंकका विभिन्न शाखामा लाखौं रकम राखेका थिए । राजस्वमा रहँदा पदको दुरुपयोग गरी रेग्मीले आर्जन गरेको सम्पत्ति लुकाउने उद्देश्यले उनीहरुका नाममा राखे पनि सर्वोच्चले त्यसलाई गैरकानुनी ठहर गरी जफत गर्न फैसलामा भनेको हो ।

प्रधान न्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश जगदिश शर्मा पौडेलको इजलाशले स्रोत पुष्टि गर्न नसक्ने भएपछि आफन्तका नाममा रकम लुकाए पनि कानुनको नजरमा नछिप्ने फैसलामा भनिएको छ । सर्वोच्चले रेग्मीले गैरकानुनी रुपमा आर्जन गरेको १ करोड ८ लाख रुपैयाँ कमाएको ठहर गरी सो रकम जफत गरी त्यति नै बराबर जरिवाना गर्ने फैसला सुनाएको हो ।

सर्वोच्चले गत महिना फैसला गरेको भए पनि हालै मात्र पूर्णपाठ सार्वजनिक गरेको हो । सर्वोच्चको फैसलाअनुसार काफ्लेको दुई करोड बराबरको सम्पत्ति जफत र एक वर्ष कैद हुनेछ । स्रोत पुष्टि गनुपर्ने जाँच अवधिको कुल सम्पत्ति १ करोड २७ लाख ६५ हजार ३ सय ६२ देखिएकोमा रेग्मीको कानुनबमोजिमको आयस्रोत १० लाख ८८ हजार ७ सय सम्पत्ति मात्र पुष्टि भएको फैसलामा उल्लेख छ । सम्पत्ति मूल्यांकन हालको आधारमा नभई आर्जन गर्दाको समयको मूल्यमा आधारित हुने सर्वोच्चको फैसलामा उल्लेख छ ।

रेग्मीले ससुरालीतर्फको सम्पत्ति आफूलाई थाहा नभएको भनी जिकीर गरेको भए पनि उक्त दाबी कुन सम्पत्तिको स्रोत हो भनी पुष्टि गर्ने अन्य आधार भएको नदेखिएको सर्वोच्चको फैसलामा उल्लेख छ । सर्वोच्चले सासू सुशीलाकुमारी काफ्ले अर्यालका नाममा कृषि विकास बैंकको रत्नपार्क शाखामा रहेको १९ लाख ९३ हजार ५४ रुपैयाँ, साली उषादेवी काफ्लेको नाममा रहेको गौशाला शाखामा रहेको ३४ लाख २७ हजार १ सय २९, सुधीरकुमार काफ्लेको नाममा रत्नपार्क शाखामा रहेको २० लाख ३५ हजार ४ सय ३७ रुपैयाँ जफत हुने फैसलामा उल्लेख छ ।

उमेशकुमार रेग्मीका नाममा रहेको काजिमनपा वडा नम्बर ९ को ६ आना २ पैसाको करिब ३५ लाख बराबर मूल्यको घरसमेत जफत हुने फैसलामा उल्लेख छ । अख्तियारले छापा मार्दा घरमै फेला पारेको ४ लाख ६९ हजार ५ सय ७० चल अचल सम्पत्ति जफत हुने सर्वोच्चको फैसलामा उल्लेख छ । पदको दुरुपयोग गरी अकुत सम्पत्ति कमाएको आरोप लगाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नासु रेग्मीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतले रेग्मीले १ करोड ११ लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको थियो ।

विशेष अदालतले गरेको फैसलाविरुद्ध रेग्मीले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । पुनरावेदनमा फैसला गर्दै सर्वोच्चले विशेष अदालतले गरेको फैसलामा ३ लाख रुपैयाँ घटाइदिएको छ । विशेष अदालतले गरेको फैसलामा घरको मूल्यांकन गरेको अलिकति नमिलेको देखिएकाले सर्वोच्च अदालतले त्यसमा सच्याएर फैसला गरेको हो । नासु रेग्मीले सासूका नाममा बैंकमा राखेको रकममा इच्छाएको व्यक्ति रेग्मीकी श्रीमती सञ्जनाको नाम राखिएको पाइएको छ ।

यसैगरी, साला काफ्लेको नाममा राखिएको रकममा इच्छाएको व्यक्तिको नाम रेग्मीको छोराको नाम राखिएको अनुसन्धानमा पाइएको थियो । आफ्नो घरपरिवारको भन्दा अन्यको नाममा राखिएको सम्पत्ति भ्रष्टाचारको रकम भएको पुष्टि गर्न गाह्रो हुने भनिइरहेका बेला सर्वोच्चले त्यसको पुष्टि गरेको छ ।

अख्तियारले राजस्व कार्यालयका २२ कर्मचारीलाई एकै दिन छापा मार्दा रेग्मी पनि परेका थिए । अख्तियारले राजस्वमा कार्यरत खरिदार, नासु लगायत अन्य उच्च अधिकारीका घरमा तत्कालीन समयमा छापा मारेको थियो । उक्त प्रकरणमा परेका अधिकांश सर्वोच्च अदालतबाट दोषी ठहर भएको नागरिक दैनिकमा समाचार छ ।

- See more at: http://www.lightnepal.com/3834#sthash.ph2nn6ux.dpuf

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: