चलचित्र प्रेम गीतको सोचेकै जस्तो गीत सार्वजनिक (भिडियो सहित)
मिडिया एनपी, काठमाडौं, २ माघ । पछिल्लो समय नेपाली फिल्म उद्योगमा चर्चामा रहेको चलचित्र ‘प्रेम गीत’को नयाँ गीत सार्वजनिक भएको छ । गीतकै कारण चर्चामा रहेको फिल्मको रोमान्टिक गीत सार्वजनिक गरिएको गरिएको हो । ‘मैले सोचेको जस्तै’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा फिल्मका मूख्य कलाकार प्रदिप खड्का र पूजा शर्मालाई फिचरिङ गरिएको छ ।
डा. कृष्णहरी बरालको शब्द रहेको यस गीतमा पछिल्लो समय निक्कै चर्चामा रहेका संगीतकार अर्जुन पोखरेलले मन छुने संगीत गरेका छन् । सन्तोष लामा र स्वेच्छा ठकुरीले गाएको यो गीतमा कोरियोग्राफी रेनशा बान्तवा राईको छ । सुदर्शन थापाले निर्देशन गरेको यो फिल्म टाईटल गीतबाट चर्चामा रहन सफल भएको छ ।
भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
.png)

0 comments: