भित्र सिके राउतको प्रशिक्षण, बाहिर प्रहरी

1:52 AM 0 Comments


राजविराज-‘स्वतन्त्र मधेस राष्ट्र निर्माण’ अभियानका नाममा सक्रिय सिके राउतको संगठन स्वतन्त्र मधेस गठबन्धनले बिहीबार राजविराजमा अगुवा कार्यकर्ता प्रशिक्षण गर्यो।
राजविराजस्थित साह सेवा सदनको सभागृहमा आयोजित शिविरमा गठबन्धनका ३ सय बढी कार्यकर्ता सहभागी थिए। तीन घण्टा चलेको शिविरमा राउत स्वयंले प्रशिक्षण दिएका थिए। भित्र प्रशिक्षण चलिरहँदा सभागृह बाहिर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। राउत कार्यक्रममा सहभागी रहेको खबर पाएपछि प्रहरी र सर्वसाधारण त्यहाँ जुटेका थिए। राउतका गतिबिधिले अराजकता र द्वन्द्व बढाउन प्रेरित गरेको भन्दै प्रहरीले बारम्बार उनलाई पक्राउ गर्दै छाड्ने गरेको थियो।

आगामी रणनीति तथा हालसम्मको कार्यबारे राउतले प्रशिक्षण दिएका स्रोतले जनाएको छ। कार्यक्रममा गठबन्धनका अन्य केन्द्रीय नेतासमेत सहभागी थिए। जनमत निर्माण, स्वयंसेवक दस्ता गठन तथा स्थानीय स्तरमा जनपरिचालन समिति निर्माण लगायतका गतिविधिमा क्रियाशील हुन उनले कार्यकर्तालाई निर्देशन दिए।

- See more at: http://www.zoomnp.net/archives/20196#sthash.SOyOWlcU.dpuf

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: