जनताले महसुस गर्ने गरी लोडसेडिङ्ग अन्त्य हुन्छः उपप्रधानमन्त्री रायमाझी

4:00 AM 0 Comments


काठमाडौँ, २० पुस । उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले एक वर्ष भित्र जनताले महसुस गर्ने गरी लोडसेडिङ्ग अन्त्य गर्न यो महिनाभित्रै उर्जा संकट निवारण काल घोषणा गर्ने बताए ।
राजधानीमा आयोजीत साक्षात्कारमा उनले निर्माण कार्य सकिन लागेका आयोजनालाई तिब्रताका साथ अघि बढाउने, विग्रेका आयोजनालाई द्रुत गतिमा अगाडि बढाउने, त्यसकोलागि आवश्यक ईन्धन उपलब्ध गराउने, ठूला जलासययूक्त आयोजना निर्माण योजनालाई अघि बढाउने, ट्रान्समिसन लाईन निर्माण र सौर्य उर्जा उत्पादनको योजनाहरु समेटिएको जानकारी दिए ।
उपप्रधानमन्त्री रायमाझीले भने,‘२५० मेघावाट विद्युत उत्पादन अन्तिम चरणमा छ । त्यसबाट हिउदमा १ सय मेघावाट उत्पादन हुन्छ । विग्रेको आयोजना मर्मत हुँदा १ सय मेघावाटा थपिन्छ र ढल्केबर–मुजफरपुर प्रशारणलाईन बनेपछि १ सय मेघावाट थपिन्छ । योसँगै सोलारमा जाँदा अर्को वर्षसम्म १२ सय मेघावाट विद्युत उत्पादन सगर्न सकिन्छ । यसबाट अर्को वर्षसम्मा जनताले महसुस गर्न सक्ने गरी लोडसेडिङ अन्त्य गर्न सकिन्छ । दुई वर्षभित्र जलविद्युतबाट मात्रै लोडसेडिङ्ग अन्त्य गर्न सकिन्छ । यसकोलागि माष्टरप्लान बन्दैछ ।’
उनले सरकारले विहान बेलुका खाना पकाउने समयमा विजुली दिदा अत्याधिक हिटर प्रयोग हुँदा ट्रान्सफर्मर धेरै पडकिएको र पडकिएको ट्रान्सफर्मर दिनमा एउटा भन्दा बढी बनाउने प्रविधि नहुँदा समस्यापरेको भन्दै अहिले विभिन्न स्थानमा गरेर ट्रान्सफर्मर बनाउने काम भईरहेको र नयाँ खरिद प्रक्रिया समेत अघि बढाएको जानकारी दिए ।
उनले यो वर्षको मागसम्म लोडसेडिङ्ग अझै बढ्ने भन्दै फागुनपछि क्रमस लोडसेडिङमा सुधार आउने विश्वास ब्यक्त गरे । उर्जामन्त्री रायमाझीले ग्यास र पेट्रोलियम पदार्थको कालोबजारी एक घण्टामा नियन्त्रण गर्न सकिने ठोकुवा गर्दै आन्दोलनकारीले नै ग्लेन बोकीरहेकोले समस्या भएको बताए ।
उनले सस्थागत कालोबजारी बन्द गर्न सरकार लागेको बताउँदै जनतालाई उपलब्ध भईरहेको ग्यास नियन्त्रणमा भने समस्या रहेको बताए ।- See more at: http://www.zoomnp.net/archives/20291#sthash.MDt4GyXB.ZOw1DtXA.dpuf

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: