तारा एअरलाइन्स दुर्घटनामा ज्यान गुमायाका पाइलटकी छोरीले भनिन्–हामीलाई शोक, मिडियालाई ब्रेकिङ्ग न्युज ! -






बुधबार विहानै एकाएक मिडियाहरुमा एउटा दुखद खवर फैलियो, ‘तारा एयरको विमानसँग विमानस्थलसँगको संचार सम्पर्क टुट्यो ।’ पोखराबाट जोमसोमतर्फ उडेको उक्त विमान हराएको खवर पाउने वित्तिकै पाइलट रोशन मानन्धरको घरमा रुवाबासी चल्यो । तैपनि खवर सत्य नहोला कि भन्दै उनिहरुले तारा एयरको काठमाडौ कार्यालयमा सम्पर्क गरे । तारा एयरले पनि विमान हराएको खवरको पुष्टि ग-यो । खवर पाएपछि मानन्धरको घरमा झनै रुवावासी चल्न थाल्यो । र, विस्तारै उनको डल्लुस्थित आवासमा आफन्तहरु आउने क्रम बढ्यो । बुधवार डल्लुस्थित मानन्धरको आवासमा नेपालपाटी डट कम प्रतिनिधी यसिमा महत र श्लोक मानन्धर पुग्दा त्यहाँ सन्नाटा छाएको थियो । शोकको यो घडिमा उनको परिवारसँग कुरा गर्न त्यति सहज थिएन । हामीलाई घरभित्र पस्न असहज लागिरहेको थियो । तैपनि हामीले मुख खोल्यौँ । कोही स्थानियले भित्र खवर पु¥याइदिएपछि घरभित्रबाट निस्किन् छोरी रुपमा । रुवाईले गर्दा उनको अनुहार सुन्निएको देखिन्थ्यो । हामीले रुपमालाई उनका पिताका बारेमा केही भन्न भन्यौँ , तव उनले हामीलाई नै सोधिन् ,’के घट्नामा सबै वितेकै हुन् र ?’ हामीसँग उत्तर थिएन तर प्रश्नहरु थिए । तब उनले एउटा गम्भिर विषय उठाइन्, ‘हामीलाई यत्रो शोक छ , मिडियालाई भने ब्रेकिङ्ग न्युज !’


‘के घट्नामा सबै वितेकै हुन् र ?’ हामीसँग उत्तर थिएन तर प्रश्नहरु थिए । तब उनले एउटा गम्भिर विषय उठाइन्, ‘हामीलाई यत्रो शोक छ , मिडियालाई भने ब्रेकिङ्ग न्युज !’



रुपमाका अनुसार पाइलट रोशन अनुभवी र कुशल पाइलट थिए । उनी विगत २२ वर्षदेखी उड्ययन क्षेत्रमा संलग्न थिए । रोशन अहिलेसम्म कुनै पनि सानातिना दुर्घटनामा परेका थिएनन् । चालक मानन्धर यसअघि काठमाडौ-लुक्ला विमान चलाउने गर्दथे । छोरी रुपमा आफु फेशन डिजाइनिङ्ग कोर्स सकेर जागिर खाँदैछिन् भने उनकी बहिनी उपमा फिनल्याण्डमा नर्सिङ्ग कोर्ष गर्दैछिन् । मानन्धरका एक छोरा ऋषि मानन्धर अहिले कक्षा ७ मा पढ्दै छन् । मृतक मानन्धर ५२ वर्षका थिए ।

 f

Tara Air plane crashes, killing all 23 on board

Feb 24, 2016- The wreckage of a Tara Air Twin Otter, which had gone missing minutes after taking off from Pokhara on Wednesday morning, was found in Solighopte in Dana VDC of Myagdi district in the afternoon. All 23 people on board were killed.The turboprop aircraft, which was on a 20-minute scheduled flight to Jomsom, a popular trekking destination, had lost contact with air traffic control 10 minutes after take-off.The plane, with registration 9N-AHH, had taken off at 7:50am. It was found crashed at around 1:30pm.Nepal Army had deployed a helicopter and soldiers on foot to search the aircraft in the difficult terrain, immediately after the plane was reported missing. Two Air Dynasty choppers were also mobilised and six high-altitude Sherpas have also been sent to the site.Based on the information from locals, squads of the Army, the Armed Police Force and Nepal Police had reached the crash site on foot and started rescue operations at around 2pm. The joint rescue team had plucked 17 bodies from the wreckage before halting the operations for the day due to bad weather. - 

TARA Air Plane Crash in Nepal, 23 Dead

Bodies have been found ‘scattered everywhere’ among the burning wreckage at the crash site of a passenger plane which vanished shortly after take-off in Nepal.Officials said the aircraft took off from Pokhara, a resort town 125 miles west of Kathmandu, and was heading north to Jomsom, the starting point for trekkers going into mountainous areas. Children are said to be among 23 people feared dead after the Twin Otter turboprop aircraft went down. Aviation minister Aananda Prasad Pokharel said the aircraft had been found in the western district of Myagdi and bodies could be seen scattered around it.’The wreckage of the plane was found in a completely burnt state in Solighopte in Myagdi district,’ said Pokharel, minister for culture, tourism and civil aviation. ‘The team there say that the bodies are scattered and it is not possible to identify anyone right now. ‘More security agencies are being deployed and we are trying to get more information.’ -

मान्छे लाइ ठग्दै विदेश पठाउने म्यानपावर लाइ अब सर्बेन्द्र खनाल ले न छोड्ने – सुरु भयो आज बाट अप्रेसन

काठमाडौं, १२ फागुन – महानगरीय अपराध महाशाखाका प्रमुख तथा एसएसपी सर्वेन्द्र खनालले राजधानीका म्यानपावर कम्पनीहरुमाथि अप्रेसन चलाएका छन्।


वैदेशिक रोजगारका नाममा मानव बेचबिखन र ठगी बढ्दै गएपछि उपत्यकाका म्यानपावर कम्पनीहरुमाथि आज एकै साथ छापा मारेको एसएसपी खनालले जानकारी दिए।

उनका अनुसार बानेश्वर, लाजिम्पाट, बसुन्धरा र पाटन क्षेत्रका म्यानपावरहरुमा एकै साथ अहिले छापा मार्ने काम भइरहेको छ।

ठगीका उजुरी दिन प्रतिदिन बढ्दै गएको, विदेश पठाएर कामदारलाई अलपत्र पारेको, वर्षौदेखि कामदारको पार्सपोर्ट लिएर होल्डमा राखेको उजुरी आएपछि म्यानपावरहरुमाथि छापा मारेको खनालले बताए।’ वैदेशिक रोजगारका नाममा सहनै नसकिने घटना हुन थाले, ठगी पनि झन झन् बढ्दै गयो’ खनालले भने ’मानवीय संवेदना नभएका र मानव बेचविखनसमेत रोजगारका नाममा बढेपछि हामीले छापा मारेका हौं।’ उनले वैदेशिक रोेजगारका नाममा ठगी गर्नेलाई नछाड्ने बताए।

महाशाखाले अहिले वैदेशिक रोजगारीका समस्या सुन्न पिल्लर नम्बर ९ समेत खडा गरी ११७७ हटलाइन  

यस कारण इजरायल कामदार पठाउने प्रकृयाबाट पछि हट्दै सरकार -






काठमाडौं । इजरायल जाने भन्दै धेरै युवा केयर गिभर र हिब्रु तथा अंग्रेजी भाषाको तालिम लिँदै छन् । तर, वैदेशिक रोजगार विभाग भने सरकारी तहबाटै इजरायल पठाउने कार्यक्रमलाई अब निरन्तरता नदिने मनस्थितिमा देखिएको छ ।
सरकारी तहबाट पहिलो चरणमा एकजना पनि कामदार इजरायल पठाउन नपाउँदै विभाग अर्को चरणमा कामदार पठाउन नसकिने भन्दै पन्छिएको हो ।
मलेसियामा नेपालीको रोजगारी संकटमा परेका बेला सरकारकै जिम्मेवार निकायले झन्झटको बाहना देखाउँदै इजरायल जस्तो आकर्षक मुलुकमा नेपाली पठाउने प्रक्रियाबाटै अलग्गिन लागेको छ ।
पहिलो चरणमा ६० जना कादारलाई केयर गिभरमा रुपमा इजरायल पठाउन लागिएको छ । छनौट भएकाहरुको मेडिकल सकिएको छ । अब उनीहरु इजरायल उडेपछि इजरायलले अर्को चरणका लागि अहिलेको भन्दा बढाएर केयर गिभरको कोटा दिने बताइसकेको छ । तर, बिभाग भने दोस्रो चरणको मागमा कामदार पठाउने ‘झण्झट’ गर्ने पक्षमा देखिदैन ।

झन्झट र उजुर-बाजुरको बाहाना
पहिलो चरणमा भएको समझदारी (एमओयु) अनुसार ६० जना इजरायल पुगेपछि दोस्रो चरणमा लैजाने कामदारबारे दुई सरकारबीच छुट्टै सम्झौता हुनुपर्छ । परीक्षणका रुपमा ३ सय कामदार लगेपछि इजरायलले वार्षिक १ हजार ५ सय कामदारलाई रोजगारी दिने आश्वासन दिएको छ ।
तर, अब पहिलो चरण टुंगिएपछि दोस्रो चरणका लागि विभागले सम्झौताको कुनै प्रक्रिया अघि नबढाउने विभागका प्रवक्ता जनकराज रेग्मीले अनलाइनखबरसँग बताए ।
पहिलो चरणमा ६० जना कामदार इजरायल पठाउन भएको छनौट प्रक्रियामा अनियमितता भएको आरोप विभागमाथि लागेको छ ।
यस विषयमा उजुरी परेपछि अख्तियार, श्रम मन्त्रालय र संसदीय समितिमा विभागले औपचारिक रुपमै जवाफ पेश गरेको छ ।
अब यिनै आरोप र जवाफको झन्झटहरुबाट पन्छिन विभागले इजरायल जस्तो राम्रो कमाई हुने र सुरक्षित रोजगार गन्तब्यमा नेपाली कामदार लैजान नसकिने बताएको हो ।
‘पहिलो चरणमै धेरै हण्डर खायौं । नभएका विषयमा जता पनि उजुर-बाजुर भयो,’ विभागका प्रवक्ता रेग्मीले भने, ‘कति ठाउँमा जवाफ दिएर हिँड्नु, अब यो प्रक्रियामा हामी सामेल नै हुँदैनौं ।’
गैह्रजिम्मेवार बन्दै विभाग
दोस्रो चरणको प्रक्रिया अघि नबढाउँदा नेपाली कामदारले राम्रो वैदेशिक रोजगारको अवसर गुमाउने भए नि ? भन्ने अनलाईनखबरको प्रश्नमा उनको जवाफ यस्तो छ-
‘तनाव लिएर काम गर्न सकिँदैन । इजरायल नपठाएर पनि हाम्रो जागिर जाँदैन, अब कि मन्त्रालयले इजरायलका लागि कोरियाको इपीएस जस्तै छुट्टै संयन्त्र बनाओस्, नत्र म्यानपावर ब्यवसायीलाई जिम्मा दिए पनि केही बिग्रिदैन ।’
पहिलो चरणमा ६० जना कामदार इजरायल पठाउन भएको छनौट प्रक्रियामा अनियमितता भएको आरोप विभागमाथि लागेको छ ।
केही बर्ष अघिसम्म ब्यवसायीले ठूलो रकम असुलेर इजरायलमा कामदार पठाइरहेका थिए । त्यही बिषयमा इजरायलले आपत्ति जनाउँदै सरकारी तहबाट मात्र काम गर्ने भन्दै सरकारलाई ६० जनाको कोटा दिएको थियो । सरकारी तवरबाट कमदार पठाउँदा कामदारले ठूलो खर्च बेहोर्नुपर्दैन् ।
तर, विभाग अब इजरायलमा कामदार पठाउन हातै नहाल्ने योजनामा छ । विभागका महानिर्देशक केदार बोगटी पनि इजरायलको ‘इस्यु’ आफुलाई केही थाहा नाभएको भन्दै पन्छिए । उनले अब इजरायलमा कामदार पठाउने/नपठाउने विषयमा आफू जानकार नरहेको बताए ।
जानकारी छैनः श्रम मन्त्रालय
विभागले श्रम मन्त्रालयलाई भने विभागले आफू इजरायल पठाउने प्रक्रियाबाट अलग्गिन चाहेको बताएको छैन ।
‘विभागबाट त्यस्तो कुनै जानकारी वा प्रस्ताव आएको छैन । मन्त्रालयले त्यो प्रक्रियाका विषयमा नयाँ कुनै योजना पनि बनाएको छैन,’ श्रम मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलले भने, ‘पुरानै प्रक्रियाअनुसार सबै कुरा अघि बढ्छ ।’
तर, विभागका अधिकारी भने कुनै हालतमा इजरायलमा कामदार पठाउने प्रक्रियामा सामेल नहुने बताइरहेका छन् ।

अनलाइन खबर बाट

 f

तारा एयरको विमान दुर्घटना: धन्नै मोटरसाइकलले ज्यान बचायो -






फाल्गुन १३, २०७२- मुस्ताङ नापी कार्यालयका प्रमुख खिमलाल गौतमले बुधबार दुर्घटनामा परेको तारा एयरको जहाजमा जोमसोम जान आफ्ना साथीभाइलाई टिकट बुकिङ गर्न भनेका थिए । कार्यालयको एउटा मोटरसाइकल सर्भिसिङका लागि पोखरा लगिएको थियो । एकाउन्टेन्ट सागर सुवेदीलाई उक्त मोटरसाइकल जोमसोम पुर्‍याउन भन्दा उनले नसक्ने बताए । त्यसपछि उनी टिकट बुकिङ रद्द गर्दै आफैं चलाएर मंगलबार जोमसोम पुगे ।
सुरुमा अप्ठ्यारो बाटोमा मोटरसाइकल चलाएर जाँदा घरपरिवारले गाली गरेका थिए । तर बुधबार बिहान सोही जहाज दुर्घटनामा परेको सुनेपछि परिवारका सदस्यले ठिकै गरेछस्, भगवान्ले बचाए भन्न थालेका उनले बताए । ‘मोटरसाइकलमा नफर्केको भए म पनि पर्नेरहेछु’ टेलिफोनमा गौतमले भने ।
अधुरै रहयो सार्वजनिक सुनुवाइ
मुस्ताङको मुक्तिनाथ गाविसमा आउँदो आइतबार सार्वजनिक सुनुवाइ कार्यक्रम थियो, जसलाई सम्पन्न गराउन गाविस सचिव पोखराको फूलबारी निवासी मुक्तिनाथ बाँस्तोला हतारमा थिए । उनी बुधबार विमान दुर्घटनामा परेर दिवंगत हुनेमध्येका एक हुन् ।
आठ दिनअघि खरिदारबाट नायब सुब्बामा बढुवा भएका थिए उनी । कास्कीको सिन्दुल्जुरे गाविस सचिवबाट उनी मुस्ताङको मुक्तिनाथ गाविसमा गत भदौमा सरुवा भएका हुन् ।
छोरा किशोरका अनुसार नासुमा बढुवा भएको खुसी बाँड्न परिवार भेट्न गत सोमबार पोखरा आएका थिए । ‘गाविसको सार्वजनिक सुनुवाइ गर्नु छ भनेर हतारमा जानुभएको थियो,’ उनले भने । उनले बिहीबारका लागि टिकट खोजेका थिए, तर बुधबारकै पाइएपछि उनी हतारिए । गाविसको सार्वजनिक सुनुवाइका कार्यक्रम चलाउने पोखराका पत्रकार प्रकाश ढकालले भने, ‘मंगलबार मेरो भेट भएको थियो, उहाँले आइतबारका लागि जाउँ भनेर कर गर्नुभएको थियो । बिहीबार भए म सँगै जान्थें तर, टिकट मिलेन ।’
सरकारी सेवामा रहेका कर्मचारीलाई दुर्गममा काम गर्दा छिटै बढुवाको अवसर प्राप्त हुन्छ । बाँस्तोला यही बुझेर आफूलाई मुक्तिनाथ सरुवा गरिएकोमा खुसी थिए । लमजुङबाट मुखिया पदमा काम थालेका उनी कास्कीको सिन्दुल्जुरे आइपुग्दा खरिदार भए । मुस्ताङ गएपछि नासुमा बढुवा भए ।
बाँस्तोलाका भाइ टुबराजले मंगलबार हतारमा फिर्न लागेको थाहा पाएर सोधेका थिए । जवाफमा उनले गाविसको सार्वजनिक सुनुवाइ आफैं उपस्थित रहेर गराउनुपर्ने भएको बताएका थिए ।
अघिल्लो दिनको टिकट नपाउनु नै दुर्भाग्य
कास्की जिल्ला प्रशासनबाट गत कात्तिकमा मुस्ताङ सरुवा भएका रेवती बराल मंगलवार कार्यक्षेत्र फिर्न चाहन्थे । तर, टिकट मिल्यो बुधबारको । उनी फेरि आफ्नो पोखरा मासबार घर नआउने गरी बिदा भए ।
झन्डै डेढ महिना घरबिदामा बसेका सुब्बा तहका जागिरे बराल पनि आफू अधिकृतमा बढुवाका लागि दुर्गम जान पाउँदा खुसी थिए । दुई दशक सरकारी सेवामा बिताएका उनलाई अधिकृत हुने रहर थियो । भतिजा लक्ष्मण बरालले भने, ‘हिजो (मंगलबार) को टिकट नपाउनु नै दुर्भाग्य भयो ।’
रेवतीका श्रीमती, दुई छोरा छन् । घटनाको खबरपछि गाउँ नै शोकाकुल छ । नातामा भाइ पर्ने मुस्ताङ भूसंरक्षण कार्यालयका प्रमुख माधव बरालले भने, ‘अलि ढिला गरेको भए म पनि सँगै मुस्ताङ फर्कन्थेँ, उहाँ छिटै जानुभो ।’
घटनामा सरकारी सेवामा कार्यरत चार कर्मचारी, एक सैनिकसहित ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मुस्ताङ जिविसका पूर्वउपसभापति कृष्णलाल भट्टचनसँगै मुस्ताङका १० जना परेका छन् । यसअघिका हवाई दुर्घटनामा विदेशी पर्यटक र आन्तरिक पर्यटक बढी परेका थिए ।

रेडियो कान्तिपुर बाट
 

Rajendra Mahato Press Conference

Nepal Sadbhawana Party Chairman Rajendra Mahato charged that the government formed a political mechanism a day before Prime Minister KP Sharma Oli embarked on India visit just to fool the southern neighbour.

Rajendra Mahato says the KP Oli government formed the body before Oli’s India visit, in a bid to give a false impression to the southern neighbour. The leader, speaking at a programe organised to make public the decisions of a Sadbhavana Party committee, said the mechanism isn’t worth commenting upon. “I have heard a Kamal Thapa-led mechanism has taken shape. I don’t know what it will do,” he said, describing the body as a conspiracy to mislead India. Mahato said he will comment when a real mechanism takes shape. Nonetheless, Mahato indicated the United Democratic Madheshi Front will have no problem accepting the panel’s existence if it has a wider jurisdiction.