जुवाडे समात्न पुगेका इन्सपेक्टरलाई कर्णेलले मरणसन्न हुने गरि पिटे, आर्मीले पिटदा प्रहरी किन मौन ?

6:55 PM 0 Comments

अञ्चल प्रहरी कार्यालय राप्तीले जुवाको अखडामा छापा मारेको छ । छापा मार्दा केही नेपाल आर्मीका अधिकारीहरु रंगेहात पक्राउ परेका छन् । छापा मार्दा पक्राउ परेका २२ मध्ये नेपाली सेनाको १९ नम्बर बाहिनीका कर्नेल मच्छेन्द्र थापा सहित रहेका छन् । कणैल थापाले जूवाडेलाई पक्राऊ गर्न पुगेका इनस्पेक्टरलाई जूवाकै खालमा निर्घात कुटिए । उनले १९ नम्बर बाहिनीका कर्नेल थापाले इनस्पेक्टरलाई बाहिनी भित्रबाट सादा पोशाकमा सेना बोलाएर मरनासन्न हुने गरि पिटेका छन् ।



इन्सपेक्टर जूवाको खालमा कुटिदा डीएसपी प्रसाँई मौन बसे । आफू मातहतको इन्सपेक्टर कर्नेलबाट कुटिदा कुट्नेलाई कारवाही गर्नुको साटो डीएसपीले बिदामा बस्न उर्दी जारी गरे । डिएसपीले तुलसीपुरमा जूवा अड्डा नभएको जवाफ दिएको एक हप्ता नबित्दै अञ्चल प्रहरी कार्यालय राप्तीले तुलसीपुरको वेलकम रेष्टुरेन्टमा छापा हान्यो र २२ जना जूवाडेलाई दुई लाख ५८ हजार रुपैंया सहित नियन्त्रणमा लियो ।

डिएसपी प्रसाँईले जूवा अड्डा नै छैनन् भनेको ठाउँमा अन्चल प्रहरीले छापा मार्दा २२ जना जूवाडे पक्राऊ परेको घटनाले जूवा चलाउनमा प्रसाँइकै हात थियो भन्ने आरोप लगाउनेलाई थप बल पुगेको छ । डीएसपी प्रसाँइले आफ्नो बचाऊ गर्दै आफूले जूवाडे मात्रै नभई कुनै पनि प्रकारका अपराधीको संरक्षण नगरेका दाबी गर्छन् ।

अञ्चल प्रहरी कार्यालय राप्तीका डिएसपी तुलबहादुर कार्कीको नेतृत्वमा गएको ५ जना प्रहरीको टोलीले जूवा अडमा छापा हानेको थियो । प्रहरी स्रोतका अनुसार जूवाडेले जूवा यति निर्धक्कका साथ खेलिरहेका थिए की मानौं, त्यहाँ जूवाडेले जूवा होइन, केटाकेटीले बाघचाल खेलिरहेका थिए । जूवा खेलिएको कोठाको ढोका समेत खुल्लै थियो भने, जूवाडेका जुत्ता चप्पल समेत बाहिरै यत्रतत्र छरीएका थिए । यसरी केटाकेटीले बाघचाल खेल्दा जस्तै निर्धक्क जूवा खेलेको घटनाले के पुष्टि गर्छ भने, जूवा संचालन आउनुमा प्रहरीको मिलेमतो अवश्य छ । नत्र जूवा लुकेर खेलाइन्थ्यो ।

 

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: