चीनमा पोर्नोग्राफी, वेश्यावृत्ति तथा सेक्स पार्टी र ‘सेक्स क्रान्ति’ यसरि बढ्द्दै -

6:24 AM 0 Comments



एजेन्सीः चीनमा विगत २० वर्षमा सेक्स प्रतिको धारणा परिवर्तन भएको छ । चीनको पहिलो सेक्सोलोजिस्ट महिला ली यिनहीले भनेकी छन्–‘मैले १९८९ मा गरेको सर्वेक्षणमा १५.५० प्रतिशत मानिसले विवाह पहिला यौन सम्पर्क गर्ने गरेका थिए भने दुई वर्ष पहिले गरेको सर्वेक्षणमा भने यो तथ्यांक बढेर ७१ प्रतिशत पुगेको छ ।’




ली यिनहीले यो परिवर्तनलाई ‘क्रान्ति’ को नाम दिएको बीबीसीमा उल्लेख छ । १९९७ भन्दा पहिला विवाह अगाडि राखिएको यौन सम्पर्कलाई ‘गुण्डागर्दी’को रुपमा लिइने गरिन्थ्यो । यसका लागि कानूनी कारबाही पनि हुनसक्थ्यो । यो सँगै चीनमा पोर्नोग्राफी, वेश्यावृत्ति तथा सेक्स पार्टी बढेको छ । ब्रुकिंग्स इन्टिच्यूटमा आफ्नो मन्तव्य राख्दै लीले १९९६ मा एक बाथहाउस मालिकलाई वेश्यावृत्ति गराएको आरोपमा मृत्युदण्ड दिइएको थियो । तर, आजभोली भने यस्तो व्यवसाय गर्नेलाई अधिकतम सजाय उसको व्यवसाय बन्द गराउने हुन्छ भनेकी थिइन् ।

त्यसैरी १९८० तिर पोर्न सामग्री छाप्नेलाई पनि मृत्युदण्डको सजाय दिइने गरेको थियो । तर, अहिले यसलाई खुकुलो पारिएको छ । त्यस्तै सेक्स पार्टीलाई अहिले पनि गैरकानुनी मानिएपनि धेरै ठाउँमा यस्ता पार्टीको आयोजना गर्ने गरिएको छ ।

लीले भनेकी छन्–‘कोही यसको दुःख नै गर्दैन, त्यसैले यो तथा कसैको पनि ध्यान नै जाँदैन ।’

ली अमेरिकाको पिट्सबर्गमा १९८० को दशकमा समाज विज्ञान पढ्थिइन । उनी जव चीन पुगिन तव त्यहाँ माओको बेलाको पुरानै महोल चलिरहेको थियो ।
कम्युनिस्ट शासनको शुरुवाती दिनमा प्रेमका विषयमा लेखिएका कुरालाई बुर्जुआ काम सम्झने गरिएको थियो ।

चीनमा प्रेमका विषयमा लेख्न १९५० सम्म गाह्रो थियो । तर, सेक्सका विषयमा केही लेख्न १९८० सम्म रोक लगाइएको थियो । अन्नपूर्ण पोस्ट बाट

- See more at: http://www.lightnepal.com/3366#sthash.zDOaMMcK.u4VZoaqd.dpuf

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Unknown

Some say he’s half man half fish, others say he’s more of a seventy/thirty split. Either way he’s a fishy bastard.

0 comments: